वार्ता नभए आन्दोलन थाल्ने डा.केसी पक्षको चेतावनी
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २१:३०:१
२३ असोज, काठमाडौं । हिजो शुरु भएको वार्ता आज निरन्तरता नदिए डा.गोविन्द पक्षको वार्ता समूहले आन्दोलन गर्ने चेतावनी दिएको छ । अनसनरत डा. केसीको मागका विषयमा आज पनि सरकारसँग वार्ता भएपनि सरकारी वार्ता टोली छलफलबाट पन्छिदा डा.केसी पक्ष अन्यौलमा परेको हो ।
डा.केसीका मागमा सरकार गम्भिर नदेखिएको र माग सम्बोधन गर्नेभन्दा वार्ताबाटै भाग्ने प्रयास गरेकाले अब आन्दोलनको विकल्प नभएको डा.केसी पक्षका वार्ता समितिका सदस्यले बताएका छन् ।
बेलूकी ५ बजेसम्म वार्ता शुरु नभए सडकमा चिकित्सक उतारेर आन्दोलन चर्काउने डा.केसी पक्षका वार्ता समिति सदस्यहरुको भनाई छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। बिहान साढे १० बजेदेखि बसेको वार्ता राती १० बजेसम्म पनि निष्कर्षमा पुग्न नसकेपछि आज थप छलफल गर्ने योजना थियो ।
तर सरकारी वार्ता टोली शुक्रबार भने वार्तामै बस्न पन्छिएपछि डा.केसी पक्ष आन्दोलनमा जाने तयारी गरेको हो । डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपनि सरकारी वार्ता टोलीले अनसनमा उठाएका मागलाई गम्भिरसँग नलिएको उनीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार
यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार