आइसोलेसनमा नबस्ने संक्रमितलाई ६ महिना सजाय !
नेपालबहस संवाददाता
असोज २३, २०७७ शनिबार १:५०:२२
२३ असोज, काठमाडौं । सरकारले आइसोलेसनमा नबस्ने संक्रमितलाई जेल हाल्ने चेतावनी दिएको छ । पछिल्लो समय संक्रमितहरुले लापरवाही गरेर कोरोना फैलाएको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा नियम ल्याएको हो ।
मन्त्रालयले आइसोलेसनमा नबस्ने संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही प्रक्रिया समेत अगाडी बढाईसकेको छ । केही संक्रमितहरू आइसोलेसनमा नबसेर समुदायमा कोरोना फैलाइरहेको पाइएपछि संक्रामक रोग ऐन अनुसार उनीहरुलाई ६ महिनासम्म जेल हाल्न लागिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
गौतमका अनुसार यसरी जेल हाल्ने व्यवस्थालाई कार्यान्वयन गर्न गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाइएको छ । केही संक्रमितहरू निको नभई पनि बाहिर हिँडेको जानकारी आएको भन्दै कारबाही गर्नुको विकल्प अब नरहेको गौतमले बताए ।
साथै, परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरू रिपोर्ट नआइन्जेल अनिवार्य क्वारेन्टाइनमा बस्न समेत मन्त्रालयले आग्रह गरेको छ। मानिसहरू स्वाब दिने र रिपोर्ट नआई काममा फर्किने गर्दा त्यो बीचको समयमा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम रहेको भन्दै मन्त्रालयले आग्रह पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार