एनआरएनएले कान्तोमा रनिङ कप गर्ने
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १७:१०:४९
२४ असोज, टोकियो । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ ।
त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिए । खेललाई नेपाल फुटबल संघ जापान र गैरआवासीय नेपाली संघ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० हुन लागैकाले झण्डै ३० टिमहरूको सहभागिता हुुने विश्वास राखेको छ ।
उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार