दिल्लीलाई आईपीएलको शीर्ष स्थानमा पुर्याउने ५ खेलाडी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार २१:४७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/dilli-capitalss_oUzENB9L14.jpg)
२४ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स सर्वाधिक सफल र बलियो टिम बनेर उभिएको छ । पछिल्ला ६ खेलमध्ये ५ खेलमा जित हात पारेको दिल्ली साच्चै बलियो र उत्कृष्ट टिम बनेर उपाधि होडमा अगाडी बढेको छ ।
युवा खेलाडीले भरिएको दिल्लीले शुक्रबार राती राजस्थानलाई ४६ रनले हरायो । टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ बनायो । दिल्लीका लागि शिमरन ह्याटमेयरले ४५ र मार्कुस स्टोईनिसले ३९ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।
१८५ रनको लक्ष्य लिएर मैदान उत्रिएका राजस्थान भने १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १३८ रनमै अलआउट भयो । उसका लागि राहुल टेवाटियाले ३८ र यजस्वी जैसवालले ३४ रन बनाए । दिल्लीका कागिसो रबाडाले ३ र रविचन्दन आश्विनले २ विकेट लिए ।
जितसँगै दिल्ली ६ खेलबाट १० अंकसहित आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । उसले अहिलेसम्म मुम्बईसँग मात्रै हारेको छ । मुम्बई ८ अंकसहित दोस्रो स्थानमा छ ।
यस बर्ष दिल्ली आईपीएलको प्रमुख दाबेदारका रुपमा उभिएको छ । युवा खेलाडीले भरिएको दिल्लीलाई जिताउने खेलाडीको प्रदर्शन उत्कृष्ट छ । मुम्बईभन्दा पनि उत्कृष्ट टिम ठानिएको दिल्लीले यस बर्ष आईपीएल जित्ने सक्ने आधार छन् ।
यससँगै अहिलेसम्म दिल्लीलाई जित दिलाउने ५ खेलाडीको चर्चा गरौ । जसले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । केही खेलमा रन जोड्न नसकेपनि धेरै खेलमा उनीहरुको प्रदर्शन अब्बल छ । जसले अरु टिमलाई दिल्लीविरुद्ध जित निकाल्न हम्मे हम्मे छ । जुन खेलाडी यसप्रकार छन् :
१. पृथ्वी शा
दिल्लीका ओपनर व्याट्सम्यान पृथ्वी शा टिमका सबैभन्दा युवा खेलाडी हुन् । मुश्किलले २० बर्ष पुगेका उनी आक्रामक व्याटिङ गर्छन् । पछिल्ला ६ खेलमा उनले दुई अर्धशतक पुरा गरेका छन् । जसमा २१ चौका र ८ छक्का सामेल छन् । दिल्लीका लागि कुनै पनि व्याट्सम्यमानले पछिल्ला खेलमा हानेको सर्वाधिक धेरै चौका हो ।
उनी ओपनिङमा खेलेर टिमलाई राम्रो शुरुवात दिलाउँछन् । जुनसुकै बलरलाई पनि चुनौति दिएर रन बनाउने पृथ्वी दिल्लीको जितका मुख्य खेलाडी हुन् । ६ खेलबाट १९८ रन जोडेका पृथ्वीको यस सिजनको उच्च स्कोर ६६ हो ।
आईपीएलको शुरुवाती ५ खेल सकिदा उनी धेरै रन जोड्ने आठौ खेलाडी हुन् । पञ्जाबका कप्तान लोकेश राहुल सर्वाधिक ३१३ रन जोडेर शीर्ष स्थानमा छन् । जसमा उनले एक शतक पनि बनाएका छन् । पृथ्वीलाई शिखर धवनले पनि राम्रो साथ दिइरहेका छन् ।
२. श्रेयास आयर
दिल्लीलाई यस सिजन उपाधि दिलाउने योजनामा रहेका श्रेयास आयर युवा प्रतिभावान खेलाडी हुन् । यो सिजन उनले व्याटिङ र कप्तानी दुबैबाट टिमलाई उच्च फर्ममा राखेका छन् । सबै खेलमा चल्न नसकेका उनी केही खेलमा भने आक्रामक व्याटिङ गरेर टिमलाई जिताईरहेका छन् ।
खासगरी कप्तानीमा उनी राम्रा देखिएका छन् । स्टार व्याट्सम्यानले भरिएको टिममा उनले धेरैभन्दा धेरै युवा खेलाडीलाई लिएर लगातार जसो खेल जितिरहेका छन् । पछिल्लो ६ खेलमा उनले २०३ रन जोडेर जारी सिजनको सर्वाधिक रन बनाउने सातौ व्याट्सम्यान हुन् । उनले चेन्नेईविरुद्ध सर्वाधिक ८८ रन बनाएका थिए ।
आयरलाई विकेटकिपर व्याट्सम्यान रिसभ पन्तले राम्रो साथ दिइरहेका छन् । यो सिजन दिल्लीका यी दुई मिडल अर्डरका व्याट्सम्यान अरु टिमका लागि खतरानाक देखिएका छन् । पन्तले पछिल्लो ६ खेलमा १७६ रन जोडेका छन् ।
३. मार्कुस स्टोईनिस
दिल्लीका अष्ट्ेलियन अलराउण्डर मार्कुस स्टोईनिस उत्कृष्ट फर्ममा छ्न् । उनले पछिल्ला सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेर टिमलाई उच्च योगदान दिएका छन् । व्याटिङ र बलिङ दुबैमा पर्फेक्ट मानिएका स्टोईनिस हरेक खेलमा रन जोड्ने र विकेट लिने खेलाडीमा पर्छन् ।
उनले राजस्थानविरुद्धको खेलमा पनि आक्रामक रुपमा ३९ रन जोडे भने बलिङमा दुई विकेट लिए । उनको अलराउण्डर प्रदर्शनमा दिल्लीले हरेक खेलमा जित निकाल्न सकेको देखिन्छ ।
शुरुका व्याट्सम्यान आउट भएपनि उनी पुछारबाट आएर आक्रामक खेल्दै टिमको स्कोर उच्च बनाउने गरेका छन् । ६ खेलबाट १६२ रन जोडेका स्टोईनिसले २ अर्धशतक पुरा गरेका छन् । बलिङमा उनले ६ खेलबाट ५ विकेट लिएका छन् ।
स्टोईनिसलाई शिमरन हेटमेयरले साथ दिइरहेका छन् । राजस्थानविरुद्ध शिमरनले सर्वाधिक ४५ रन बनाएका थिए ।
४. कागिसो रबाडा
दिल्लीलाई बलिङमा सर्वाधिक सफल बनाउने श्रेय दक्षिण अफ्रिकी बलर कागिसो रबाडालाई जान्छ । उनले जारी सिजनका शुरुवाती ६ खेलमा १५ विकेट लिइसकेका छन् । यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका रबाडा जुनसूकै खेलमा पनि विकेट लिइरहेका छन् । र विपक्षी व्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् ।
पहिलो खेलमा दिल्लीलाई सुपर ओभर जित दिलाएका रबाडा डेथ ओभर तथा सुपर ओभर किंग रुपमा चिनिन्छन् । उनकै उत्कृष्ट प्रदर्शनमा दिल्लीले एक हार बाहेक ५ खेलमा जित निकाल्न सफल भएको हो । रबाडालाई सफल बनाउन एनरिक नोट्जेले पनि साथ दिइरहेका छन् ।
५. रविचन्दन आश्विन
यसपटक दिल्ली आईपीएलकै उत्कृष्ट र बलियो टिम हुनुका पछाडी आश्विनको ठूलो हात छ । लामो समय चेन्नेई र पछिल्लो समय पञ्जाबबाट खेलेका उनी यो सिजन दिल्लीमा जोडिएका हुन् । स्पिन बलिङमा सबैभन्दा खतरानाक मानिने आश्विनकै कारण दिल्लीको स्पिन विपक्षी टिमका लागि खतरानाक छ ।
उनले ४ खेलबाट ५ विकेट मात्रै लिएपनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । चोटका कारण दुई खेल गुमाएर आश्विनले पहिलो खेलको पहिलो ओभरमै दुई विकेट लिन सफल भएका थिए । पछि उनी घाइते भएर बाँकी बलिङ गर्न सकेनन् । अहिले टिममा फर्किएका आश्विनले राजस्थानविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै म्यान अफ द म्याच चुनिएका थिए । उनले दुई विकेट लिए ।
यसअघि चेन्नेईलाई आईपीएल जिताउँदा मुख्य हतियार बनेका आश्विन यसपटक दिल्लीलाई उपाधि जिताउन चाहन्छन् । आश्विनलाई अमित मिश्रा, अक्षर पटेलले साथ दिइरहेका छन् । तर नेपाली लेगस्पिनर सन्दीप लामिछाने भने टिम उपाधि दौडमा अघि बढेपनि खेल्न पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार