सामसुङकाे तीन महिनाकाे आम्दानी १० अर्ब ६० करोड डलर
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार ४:७:३६
२४ असाेज, काठमाडाैं । सामसुङले पछिल्लो त्रैमासिकमा झण्डै साढे १२ खर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । विश्लेषकहरुको अनुमानलाई माथ खुवाउँदै सामसुङले उच्च आम्दानी गर्न सफल भएको हो । हुवावेमाथि अमेरिकी प्रतिबन्धसँगै सामसुङको मोबाइल तथा चिपको बिक्रीमा उल्लेख्य बढोत्तरी भएसँगै जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा सामसुङले १० अर्ब ६० करोड डलर सञ्चालन आय गर्न सफल भएको हो ।
विश्लेषकहरुले उक्त त्रैमासिकमा सामसुङको आम्दानी १० ट्रिलियन वन हुने अनुमान गरेका थिए तर सामसुङले भने १२.३ ट्रिलियन डलर आम्दानी गर्न सफल भयो । उक्त अवधिमा सामसुङले कुल ६६ ट्रिलियन डलरका वस्तु तथा सेवा बिक्री गरेको छ । अक्टोबर महिनाको अन्त्यतिर सामसुङले उक्त त्रैमासिकको खुद मुनाफा तथा कम्पनीका हरेक क्षेत्रको क्षेत्रगत मुनाफाको तथ्यांक सार्वजनिक गर्नेछ ।
सामसुङको आम्दानीमा बढोत्तरी भएको रिपोर्ट सार्वजनिक भएसँगै बिहीबार कम्पनीको शेयर मूल्यमा १.३ प्रतिशतको बढोत्तरी भयो । याद राख्नुहाेस अप्रिलदेखि जुन महिनासम्मको दोश्रो त्रैमासिकमा चिनियाँ कम्पनी हुवावेले सामसुङलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्न सफल भएको थियो । तर अमेरिकी प्रतिबन्धसँगै हुवावेका उत्पादनमा गुगलको एन्ड्रोइड फिचरमा समेत बन्देज लागेकाले सामसुङका स्मार्टफोनको बिक्रीदर बढेको छ । निकट भविष्यमै सामसुङले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनीको रुपमा पुनरागमन गर्ने अनुमान गरिएको छ ।
विश्वको दोश्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा पछिल्लो समयमा सामसुङले आफ्नो प्रभाव बढाउँदै लगेको छ । भूराजनीतिक द्वन्दका कारण भारतमा चिनियाँ स्मार्टफोनहरुको बिक्रीदरमा नकारात्मक असर परेसँगै सामसुङलाई भारतीय बजारमा फाइदा पुगेको हो ।
त्यस्तै मेमोरी कार्डको बिक्रीमा पनि सामसुङले आफ्नो पकड बढाउँदै लगेको छ । अमेरिकी प्रतिबन्धपछि हुवावेको बजार कमजोर हुँदै गएकोले त्यो ठाउँ सामसुङले लिँदै गएको तथ्यांकले देखाएको छ । विश्लेषकहरुका अनुसार सामसुङको फाइभ जी प्रविधिसहितको नयाँ आइफोन आउने मिति अक्टोबरका लागि धकेलिनु तथा अमेरिकी प्रतिबन्धको असर हुवावेका स्मार्टफोनमा पर्नाले दोश्रो त्रैमासिक अवधिमा सामसुङका स्मार्टफोनहरुले बजारमा एकछत्र राज गर्न सफल भए ।
साथै महामारीका बेला बजारीकरण तथा विज्ञापनमा हुने खर्चसमेत घटेका कारण यस त्रैमासिकमा सामसुङको नाफाजन्यतामा पनि वृद्धि भएको बताइएको छ । समयमै फाइभ जी फोन लञ्च गर्नु तथा फोल्डेबल फोनसमेत बजारमा ल्याउनुका सकारात्मक प्रभाव सामसुङलाई परेको छ ।
दोश्रो त्रैमासिकमा भन्दा सामसुङका स्मार्टफोनको बिक्रिदर तेश्रो त्रैमासिकमा ४९ प्रतिशतले बढेको अनुमान गरिएको छ । अर्थात् यस ३ महिनामा सामसुङले विश्वभर गरी आफ्ना ८ करोड ६ लाख गोटा स्मार्टफोन बेचेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलको पाइथान टिम बर्खास्त
बैशाख १८, २०८१ मंगलबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार