आईपीएलमा पञ्जाबको छैटौ हार, कोलकत्ता तेस्रो स्थानमा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १४:५५:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/Panjabss_tvyXV1d0eO.jpg)
२५ असोज, एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाए । यस्तै निकोलस पुरन १६ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे । कोलकत्ताविरुद्ध पन्जाब जितको नजिक पुगेर पनि पराजित भयो । अन्तिम २ ओभरमा पन्जाबलाई २० रन आश्यकता थियो । पन्जाबले मात्र २ विकेट गुमाएको थियो । पन्जाबले १८ औं ओभरमा कप्तान राहुलसहित २ विकेट गुमाउँदा ६ रन मात्र जोड्न सक्यो ।
अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १४ रन आवश्यक थियो । तर, पन्जाबले अन्तिम ओभरमा थप एक विकेट गुमाएर मात्र ११ रन बनाउन सक्यो ।
कोलकत्ताका प्रशिद्द कृष्णले ३ विकेट लिए । सुनिल नारिनको नाममा दुई विकेट रह्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
कोलकत्ताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । कप्तान कार्तिकले ५८ रन जोड्दा गिलले ५७ रन बनाए । जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाबको भने यो छैटौं हार हो । जसले गर्दा पुछारमा रहन बाध्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार