एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विदेशी विनिमयको सम्झौता:- विच्याटसँग सम्झौता गर्ने देशको पहिलो र एकमात्र बैंक
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:२५:३१
२५ असोज, काठमाडौं । एनएमबी बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरी उक्त कम्पनीको विच्याट (WeChat) भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ । यसरी बैंक विच्याट (WeChat) भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंकका रुपमा एनएमबी बैंक रहेको छ ।
टेन्सेन्ट (Tencent) होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबी बैंक नेपालमा विच्याट (WeChat) भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारिक साझेदार बनेको छ ।
विश्वभर १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट (WeChat) भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई एनएमबी बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याट (WeChat) को सुविधा प्रदान गर्न सक्षम भएको हो ।
यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने छ साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
यसबाट देशको विदेशी मुद्राको संचिति बढाउन समेत सहयोग पुग्न सीईओ केसीको भनाई छ । केसीका अनुसार विच्याट (WeChat) भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्नेछ ।
एनएमबी बैंक र टेन्सेन्ट (Tencent) होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्ने कुरामा यस बैंक विश्वस्त रहेको छ ।
एनएमबी बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृश्य बदल्दै ग्राहकहरुलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार