कर्मचारी र जनप्रनिधीलाई कोरोना भएपछि चाँगुनारायण नपा बन्द
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:३३:३५
२५ असोज, भक्तपुर । कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आजदेखि बन्द गरिएको छ । नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउदै उनले संक्रमितको नजिक सम्पर्कमा रहेका र लक्षण देखिएका सबैले पीसीआर परीक्षण गराएर सतर्कता अपनाउन सबैमा आग्रह गरे । संक्रमित कर्मचारीको सम्र्पकमा रहेका सबैको आज बिहानदेखि नै कन्ट्याक ट्रेसिङ्ग शुरु गरिएको उनले जानकारी दिए ।
आज नगर कार्यपालिकाले एक सूचना जारी गरेर संक्रमितसँग नजिक रहेकाको स्वाब परीक्षण शुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिएको हो । नगरप्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म दुई जनप्रतिनिधि, दुई अधिकृत, दुई स्वास्थ्यकर्मीसहित यहाँका ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो नपामा कोरोनाका कारणले अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार