नेपाली दूतावास कोरियाले अनलाइन परामर्श दिने
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार १:१४:४०
२५ असोज, सिउल । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ । यहाँ रहेका नेपालीको मानसिक तथा शारीरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालगायतलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा अन्य मुलुकमा रहेका विज्ञद्वारा परामर्श तथा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको हो ।
एनआरएनए कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, महिलाको लागि महिला, नेपाली विद्यार्थी समाजलगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो परामर्श कक्षा सञ्चालन हुनेछ ।
पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि, दोस्रो हप्ता महामारीबाट बच्न खानपान र जीवनशैली, तेस्रो हप्ता पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता, चौथो हप्ता मानसिक स्वास्थ्य, पाँचौं हप्ता तनाव व्यवस्थापन र छैटौं हप्ता खुसीपूर्वक जिउने कलाका बारेमा सिकाइने प्रशिक्षण दिइने छ ।
त्यस्तै सातौँ हप्ता स्वास्थ्य र साधना, आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व, नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशीलताका लागि सरकारी नीति, दशौँ हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरू, एघारौँ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र १२ औँ हप्ता घर फिर्ती तयारीका बारेमा कक्षा सञ्चालन गरिने कोरियाका लागि नेपाली श्रम सहचारी रमा भट्टराईले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार