ताराखोलामा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १४:५४:४६
२६ असोज, बलेवा । जिल्लाको ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित भएका हुन् । गाउँपालिकामा ठूलो सङ्ख्यामा बाहिरबाट आउनेलाई राख्ने गरी पूर्वाधार नभएकाले विद्यालयलाई क्वारेन्टाइन बनाउँदा विकासका काम प्रभावित भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए ।
विद्यालय भवनदेखि शौचालय निर्माण र विद्यालय भवन मर्मतसम्मका काम प्रभावित भएका हुन् । गाउँपालिकाले गत आवमा शिक्षा क्षेत्रमा ४० योजनामा बजेट विनियोजन गरेको थियो । तीमध्ये ३४ योजना मात्रै सम्पन्न भएका छन् । “अन्य पूर्वाधार विकासका योजनामा खासै असर गरेन्, तर विद्यालयमा क्वारेन्टाइन बनाउँदा योजना प्रभावित भए” उनले भने ,“कोभिडले देख्नेगरी जसरी असर गरिरहेको नदेखिने गरी अझै बढी प्रभावित बनायो ।”
गत आवदेखिनै सञ्चालनमा ल्याउने भनिएको उद्योगग्रामको काम पनि कोभिड–१९ का कारण प्रभावित भयो । प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गर्न लागिएको उद्योगग्राममा चालु वर्षमा संरचनाहरु निर्माण हुनेछन् । गाउँपालिकाले गत आवमा बहुउद्देश्यीय सभाहल बनाएको छ । चालीस लाख खर्चेर खेल मैदान निर्माण पनि कोरोना कहरकै बिचमा भयो ।
वडा नं ४ को प्रशासनिक भवन ७५ लाख खर्चेर बनाइएको सूचना अधिकारी प्रकाश गैरेले बताए । सामुदायिक स्वास्थ्य इकाई भवन र केही महत्वपूर्ण सडकका काम भने कोरोना कहरकै बीचमा भए । गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रमा विनियोजन गरेको रकम कार्यान्वयनमा ल्याउन पाएन् । “पूर्वनिर्धारित कार्यक्रम भएकाले जसोतसो कार्यान्वयन गरियो” उनले भने, “दुवै क्षेत्रमा एक करोड १ लाखभन्दा धेरै बजेट विनियोजित थियो ।” गाउँपालिकाले बनाएका योजनामध्ये कार्यान्वयन हुन नसकेको अर्को क्षेत्र हो खानेपानी ।
पच्चीस योजना गत आवको लागि विनियोजन भएपनि २० योजनामात्रै कार्यान्वयनमा आएका छन् । केही क्रमागत र केही योजनाको सम्झौता हुन सकेको छैन । पर्यटनमा तयार १८ मध्ये १७ योजना सम्पन्न भए । उद्योगमा दुईमध्ये एक, सहकारी र सामाजिक विकासका एक÷एक योजनासमेत सम्पन्न भए । स्वास्थ्य क्षेत्रमा विनियोजित १६ मध्ये १४, युवा तथा खेलकुदका ८, सिंचाईका ५ योजना निर्धारित समयमा नै सकिए । पूर्वाधारका सबैभन्दा धेरै योजना थिए । छपन्न योजनामध्ये १२ योजना गत आवमा पुरा भएनन् ।
“पूर्वाधारका अधिकांश योजना क्रमागत छन्” अध्यक्ष घर्तिले भने, “अन्तिम समयमा राजश्व बाँडफाँडबापत आउनु पर्ने बजेट कटौती हुँदा ती योजना पुरा हुन पाएनन् ।” गाउँपालिकाले चालु वर्षका कार्यक्रम पनि कार्यान्वयन थालेको छ । कोभिड–१९ को चुनौतीलाई अवसरमा बदलेर काम गर्न कर्मचारीलाई निर्देशन दिइएको अध्यक्ष घर्तिले जानकारी दिए । चालु आवमा भने लक्ष भेटाउने उनले दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार