राजु कोइराला भन्छन्:- बलात्कार आरोप काल्पनिक र भ्रामक
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार १९:४९:५३
२७ असोज, काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकास्थित नेकपा नगर कमिटीका सचिव राजु कोइरालाले आफुमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित र भ्रामक भएको दावी गरेका छन् ।
नेपालबहस डटकमका सम्पादकलाई सम्बोधन गरि सचिव कोइरालाले पठाएको एक खण्डन पत्रमा आफ्नो चरित्र हत्या गरी सामाजिक, नैतिक र राजनीतिक हैसियत सिध्याउने उद्देश्यले केही अराजक व्यक्तिहरुले फेसबुक आईडीबाट र फेक आईडी प्रयोग गरी आफ्नो बिरुद्ध लेखिएको बलात्कारको सुचनालाई जिम्मेवार मिडियाले समाचार बनाउनु पत्रकारिताको मुल्य मान्यता भित्र नपर्ने पनि उल्लेख गरेका छन् ।
कुनै पीडितको पहिचान नभएको तथा घटना नै नघटेको अवस्था बिद्यमान हुँदाहुँदै सामाजिक सञ्जालमा केही सिमित व्यक्तिहरुले फेक आईडी तयार गरी मेरा बिरुद्ध लेखिएको फेसबुक स्टाटसका आधारमा समाचार बनाएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नेपालबहसका स्याङ्जास्थित संवाददाताले समाचार लेखेको कोइरालाको भनाई छ ।
गत साउन २६ गते नेकपा नगर कमिटी सचिव कोइरालालाई बलात्कार आरोप शीर्षकमा स्याङ्जा संवाददाता प्रकाश डोटेलले समाचार लेखेका थिए । हेर्नुहोस् , उनले पठाएको खण्डन पत्रको पूर्ण विवरण :-
गत साउन २६ गते नेपालबहस डटकममा नेकपा नगर कमिटी सचिव कोइरालालाई बलात्कार आरोप शीर्षकमा समाचार प्रकाशित भएको थियो । चापाकोट नगरपालिका १० बोटेटारकी एक दलित महिला बलात्कारमा परेको स्थानीय विश्वास पुरी र प्रतिक कमार गैह्रेसमेतले सामाजिक सञ्जाल फेसबुकमा नाम किटान नगरी पोष्ट गरेका थिए । त्यसपछि यो विषयले स्याङ्जाभरी चर्चा पाएको थियो ।
कोइरालालाई बलात्कार आरोप लागेपछि चापाकोट नेकपा नगर कमिटीले सो आरोप बारे एक विज्ञप्ति प्रकाशित गरी खण्डन गरेको थियो ।आरोपित कोइरालाको पक्षमा नगर कमिटिले विज्ञप्ति जारी गर्दै घटनाको खण्डन मात्रै नगरी युवाहरु परिचलान गरेर ¥याली समेत प्रदर्शन गरेको थियो। सो प्रकरण बारे नेपालबहसले आरोपित कोइरालासँग प्रतिक्रिया लिदाँ उनले आफूमाथि आरोप लागेको स्वीकार्दै पत्रकार डोटेलसँग सहयोगको याचना गरेका थिए ।
नेपालबहसमा उक्त प्रकरण बारे समाचार प्रकाशित हुँदा हामीले आरोपित पक्ष कोइरालाको भनाई तथा नेकपा नगर कमिटीको विज्ञप्तिलाई उतिबेलै उचित स्थान दिई प्रकाशित गरेका थियौ । हेर्नुहोस्, ती समाचारको लिंक यहाँ :-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार