नेपाली कांग्रेसको रेक्ट्रोफिटिङ्ग गर्ने जिम्मा अब डा. शेखर कोईरालाको
इन्द्र रिजाल
असोज २७, २०७७ बुधबार १:२२:१३
देश लुटने जिम्मा नेकपालाई भएपछि देश जोगाउने जिम्मा अब नेपाली कांग्रेसले लिनुपर्ने बेला आएको छ । नेकपालाई जनताको तर्फबाट गतिलो जवाफ दिनुपर्ने बेला भएको छ । वर्तमानको नेपाली कांग्रेस नेतृत्वले आउँदो महाधिवेशनबाट विधिवत रुपमा बिदा लिदैछ ।
वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु दुई दुई वटा पार्टीको सभापति भएको अनुभवलाई सम्हाल्दै नेपाली कांग्रेसको चौधौ महाधिवेशन तोकिएकै समयमा गराउने छन् भन्ने कुरामा नेपाली कांग्रेसको सम्पूर्ण नेतृत्व र आम कार्यकर्ताहरुको विश्वास रहँदै आएको छ । कमजोर नेतृत्व र आशावादी/महत्वकांक्षी नेता तथा कार्यकर्ताहरुको द्रव्यमोह र पदलोलुपताका कारण जीर्ण अवस्थामा पुग्न आँटेको कांग्रेसलाई पुनः दर्बिलो बनाउन एउटा मुल खाँबोको आवश्यकता परिरहेको कुरा अहिले तमाम कांग्रेसजनमा महशुश भैरहेको छ ।
वास्तवमा नेपाली कांग्रेस अहिले भुकम्पले क्षतबिक्षत बनाएको धरहरा झै भएको छ । बासस्थानबिहीन बनेका सिन्धुपाल्चोकका नागरिक झै भएको छ । पानीबिनाको रानीपोखरी भएको छ भने सुगन्ध बिनाको चन्दन ।
कुनैबेला नेपाली जनताको आँखामा बस्न सक्ने नेता भएको पार्टी, कुनैबेला जनताका बिकास निर्माणमा सहभागी हुने पार्टी, कुनै बेला नेपाली जनताले असाध्यै आशा गरेको पार्टी, नेपाली कांग्रेस अहिले ओईलाएको गुलाफ झै भएको छ । यसरी जीर्ण र अस्वस्थ्य भएको नेपाली कांग्रेसलाई फेरी एकपटक रेक्ट्रोफिटिङ्ग गर्ने जिम्मा अब डा. शेखर कोईरालाले लिनुपर्ने देखिन्छ ।
कुनै पनि राजनीतिक दलको पुच्छर नबन्ने, सासु र बुहारीका लागि सिद्धान्त बेच्छु नभन्ने, नेपाली कांग्रेसलाई पुरानो कांग्रेस बनाउने, विचारको राजनीतिलाई आफ्नाे मार्गचित्र बनाउने यस्ता राजनीतिक सिद्धहस्त युगपुरुषलाई यसपटक नेपाली कांग्रेसको सभापति बनाउनु परेको छ ।
पार्टी रहेमात्र हो देउवा गुट, कोइराला गुट, पौडेल गुट, सिटौला गुट, निधि या अन्य गुट चलाउने । वर्तमानको नेपाली कांग्रेसको नेतृत्व हेर्दा लाग्छ कतै नेपाली कांग्रेसलाई अवसानको बाटोबाट जोगाउनु पर्ने अवस्था सृजना भएको बेलामा अब के को गुट र उपगुटको नेतृत्व गर्नु ?
अब सिंगो नेपाली कांग्रेसलाई एक बनाउनु परेको छ । निराशामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र शुभचिन्तक तथा समर्थकहरुलाई पुनः जुर्मुृराउने बनाउनु परेको छ । पार्टी शुद्धिकरण र सुदृढिकरणका पक्षमा मेची महाकाली अभियान चलाउनु परेको छ ।दुःखेको नेपाली कांग्रेसका कार्यकर्ताहरुको घाउमा मल्हमपट्टी लगाउनु परेको छ ।
यी यावत कुराहरुको लागि अब नेपाली कांग्रेसलाई एक दर्बिलो नेतृत्वको आवश्यकता परेको छ । सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको आँखा डा. शेखर कोईरालामा परेको छ । आफ्नाे काँधमा आउन लागेको महान जिम्मेबारी बोक्न, नेपाली जनताको नेपाली कांग्रेसप्रति पलाएको बितृष्णा रोक्न, सुकेको रुखको जरामा पुग्ने गरी सिंचित गर्दै पुनः हराभरा हरियो आकारमा ल्याउन डा. शेखर कोईरालाले अब पछाडि पर्नु हुदैन ।
सिंगो कांग्रेसका आशावादी नेता, भरोसा र आस्थाका धरोहर, आफ्नाे राजनीतिक आस्था र विचारमा भिष्मपितामह झै अडिग, तमाम नेपालीका विश्वास जितेका, हाम्रा नेता, राम्रा नेता, नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुलाई म नेपाली कांग्रेस हुँ भनेर गर्व गर्न लायक बनाउने, प्रजातान्त्रिक समाजवादलाई आफ्नाे राजनीतिक मार्ग बनाउने, कुनै पनि राजनीतिक दलको पुच्छर नबन्ने, सासु र बुहारीका लागि सिद्धान्त बेच्छु नभन्ने, नेपाली कांग्रेसलाई पुरानो कांग्रेस बनाउने, विचारको राजनीतिलाई आफ्नाे मार्गचित्र बनाउने यस्ता राजनीतिक सिद्धहस्त युगपुरुषलाई यसपटक नेपाली कांग्रेसको सभापति बनाउनु परेको छ ।
त्यसैले डा. शेखर तिमी अब पार्टीको नेतृत्वमा आउनै पर्छ, कांग्रेसले त्राण पाउनै पर्छ । नेपाली कांग्रेसलाई बितगदेखि वर्तमानसम्म नेतृत्व गरेका अति आदरणिय नेतृत्वबाट आगामी कांग्रेसको आशा लाग्दो परिणाम निस्कन्छ भन्ने छाँट देखिएन । अझै भनौ मोही पकाएर तर(छाली) लाग्छ कि भन्ने नेपाली जनताको आशामा तुषारापात परिसकेको छ । वर्तमान पार्टी नेतृत्वबाट सिंगो कांग्रेस बन्छ भन्ने आशा मरिसकेको छ ।
साच्चै भन्ने हो भने नेपाली कांग्रेसका लागि डा. शेखर कोईराला निभ्न आँटेको दियोको तेल हुन, भोकाएका नेपाली नागरिकका लागि भोक मेटाउने सेल हुन । अभावमा रहेका र दवावमा पारिएका नागरिकहरुका आशामा केन्द्र हुन । हामी सबै नेपालीका लागि उनी एकमात्र उज्याला चन्द्र हुन । खिया लागेर र फोहोर जमेर बसेको नेपाली कांग्रेस पार्टी उजिल्याउने शान हुन । ओईलाएको रुखलाई सिञ्चित गर्दै हरियाली छर्ने माली हुन । देशका कुना कन्दरामा रहेका बाँझो जमिन जोतेर बाली लगाउन सहयोग गर्ने फाली हुन । पार्टीलाई व्यक्तिगत गुट उपगुटको सिण्टिकेट चलाउन खोज्नेहरुलाई उडाएर लैजान सक्ने आँधीतुफान हुन, पार्टीभित्रको दुर्गन्ध र फोहोर ढल बढारेर लैजाने कोशी, गण्डकी र महाकाली हुन ।
नेपाली कांग्रेसको पार्टी बिधानलाई आफ्नाे सर्वोपरी मार्ग निर्देशन ठान्ने, पार्टीका ईमान्दार कार्यकर्ताहरुलाई आफ्नाे दुई पाखुरा मान्ने, डुब्न लागेको कांग्रेसलाई बचाउन, तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको कुँडिएको मन हँसाउन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमाल, पहाड, तराई मधेशका कार्यकर्ताले आफ्नै प्यारो कांग्रेस पार्टी भन्न सक्ने बनाउन, वर्तमान कांग्रेस नेतृत्वका कारण झुकेको नेता तथा कार्यकर्ताहरुको शिर ठाडो पार्दै, अनेक दुःख र कष्टका हुरी बतास र समस्याहरु मिलेर फाल्दै सम्पूर्ण नेपाली कांग्रेसले अब एकैस्वरमा भन्न परेको छ, अबको आशा तिम्रै उपर मात्रै रहेको छ ।
त्यसैले डा. शेखर तिमी अब पार्टीको नेतृत्वमा आउनै पर्छ, कांग्रेसले त्राण पाउनै पर्छ । नेपाली कांग्रेसलाई बितगदेखि वर्तमानसम्म नेतृत्व गरेका अति आदरणिय नेतृत्वबाट आगामी कांग्रेसको आशा लाग्दो परिणाम निस्कन्छ भन्ने छाँट देखिएन । अझै भनौ मोही पकाएर तर(छाली) लाग्छ कि भन्ने नेपाली जनताको आशामा तुषारापात परिसकेको छ । वर्तमान पार्टी नेतृत्वबाट सिंगो कांग्रेस बन्छ भन्ने आशा मरिसकेको छ ।
तमाम नेता तथा कार्यकर्ताहरुको मरेको आशा जगाउन, भ्रष्टहरुको संरक्षण र कमिशनको गोलचक्करमा फँसेका नेताहरुलाई सबक सिकाउन, पार्टी भित्रका ईमान्दार र कर्मठ सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु मिलेर शुद्ध कांग्रेस र सवल कांग्रेस बनाउन सकिन्छ भन्ने आम कार्यकर्ताहरुमा भरोसाको दियो जलाउन, आउ डा. शेखर आउ, तिमी आए सुस्ताएको हिमाल हाँस्नेछ, नाँच्न बिर्सिएका मुनाल र डाँफे नाँच्नेछन् । तराईका फाँटहरुले, अनि पहाडका पाखाहरुले खोई शेखर भनिरहेछन् ।
तिमी नेतृत्वमा नआएकोले नै देशका कुना कन्दरा, पहाडका भीर र खोलाका तिरमा बर्षौ बिताई रहेका तमाम नेपाली रोईरहेछन् । तिमी सिंगो नेपाली कांग्रेसको सभापति बनेर आउ । बीपीको सपना बोकेर आउ, सगरमाथाको शिर जस्तै उच्च विचार राखेर आउ । तिमी आयौ भने त हामी पनि दिल खोलेर हाँस्ने छौ । सिंगो कांग्रेस एक भयो भनेर हामी पनि खुशीले नाँच्नेछौ । त्यति भए पछि भ्रष्टहरुका नलीखुट्टा भाँच्नेछौं ।नेपालीलाई एउटै मालामा गाँस्नेछौं ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार