अध्यक्षलाई कोरोना भएपछि जलजला गाउँपालिकाको सेवा बन्द
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार १४:३४:४८
२८ असोज, पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिए ।
विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गर्नुभएको छ । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मंगलबार सङ्क्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
नेपाली कांग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि कांग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला संक्रमण पुष्टि भएको भन्दै स्वास्थ्यलाभको कामना गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार