बीएम फाउन्डेसनको लापरबाहीले स्याङ्जामा कोरोना फैलियो
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार १९:३५:४४
२८ असोज, चापाकोट । स्याङ्जामा कोरोना संक्रमितको संख्या दिन दुगुणा रात चौगुणा बढ्न सक्ने आंकलन गरिएको छ । हिजो मात्रै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले स्याङ्जाको चापाकोटमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । व्यापक सावधानी र सजकता अपनाउँदा समेत परालको आगो फैलिए झैं कोरोना संक्रमितको संख्या वृद्धि हुनुमा चिकित्सकको लापरवाही भएको स्थानीयको आरोप छ ।
केही दिन अगाडी मात्रै बीएम फाउन्डेसनले चापाकोटमा नेत्र रोगको उपचार गर्ने भन्दै स्वास्थ्य शिविर संचालन गरेको थियो। बीएम फाउन्डेसनका अध्यक्ष रहेका डा.बुद्धिमान श्रेष्ठ स्याङ्जा चापाकोट नगरका नेकपाका नेता हुन् । स्वास्थ्य शिविर संचालन गर्ने भन्दै श्रेष्ठले स्थानीय नेता कार्यकर्तादेखि सर्वसाधारणलाई निम्तो दिदै आफ्नै लगानीमा खोलिएको आँखा अस्पतालको उद्घाटन गरेका थिए ।
उद्घाटन गरेको दुई दिन नबित्दै आँखा उपचारमा संलग्न चिकित्सक र बीएम फाउन्डेसनका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । लगत्तै सयौंको संख्यामा उपस्थित स्वास्थ्य शिविरमा उपचार गर्न आएका स्थानीयमा कोरोनाको लक्षण देखियो । लक्षण देखिएपछि चापाकोट नगरपालिकाले स्वाब परिक्षण गरेको थियो ।
परिक्षण गर्ने क्रममा चापाकोटमा १४ जनामा कोरोना पोजेटिभ भेटिएकोमा अहिले नगरपालिकाले सबैलाई आइसोलेसनमा राखेको छ भने स्वाब संकलन गर्ने कार्यलाई तीब्र बनाएको चापाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले नेपालबहसलाई जानकारी दिए।
गण्डकी प्रदेश विकास परिषदका सदस्य समेत रहेका डा.बुद्धिमान श्रेष्ठले बेला र परिस्थिति चिन्न नसक्नु र आफै चिकित्सक भएर पनि सोझा साझा जनतालाई शिविर संचालन गर्ने भन्दै कोरोना फैलाउने काम गरेको आरोप स्थानीयले लगाएका छन् ।
आँखा अस्पताल संचालनमा ल्याउनु राम्रो भएको तर महामारीबाट बच्न जुन सावधानी अपनाउनु पर्ने थियो त्यो सावधानी न अपनाउँदा चापाकोटमा खतराको घण्टी बजेको चापाकोट नगरका नगरप्रमुख शिवकुमार गिरिले बताएका छन् । यद्यपि गल्ती जसले गरेपनि आगामी दिनमा गल्ती नदोहोर्याउन नगर प्रमुख गिरिले आग्रह गरेका छन् ।
संक्रमितको संख्या शुन्य बनाउन दिन रात कसरत गरिरहेता पनि साथीहरूले गल्ती गर्दिदाँ आफु कोरोना नियन्त्रणमा असफल भएको गिरिको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार