राजेश हमाललाई ईशाई मिशिनरीको पाउ मोल्न किन परेको ?
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २३:४९:१२
दलित पीडितको उद्दार गर्ने भनेर क्रान्ति गर्ने जति सबै बाहुन क्षेत्री । नेपाली ईसाईका पाष्चरहरू सबै जसो बाहुन, तिनले भोट दिने पनि बाहुन क्षेत्री नेतालाई, भोट नपाउने भए बाहुनले आफ्ना वफादार दलित वा जनजाति उठाएर जिताईदिनुपर्ने, तिनलाई खडा गरेर बाहुन क्षेत्रीकै बफादार बनाईदिने ?
६० लाख दलितहरूको कमसे कम ६० वटा त प्रत्यक्ष सांसद प्रतिनिधिसभामा हुनुपर्ने हो । त्यस्तै ३० लाख जनजातिको ३० जना प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित सांसद हुनुपर्ने हो । यसमा बाहुन क्षेत्रीले समानुपातिक बनाएर प्रतिनिधित्व गराईदिनु नै नपर्ने । रिजर्वेसन गरेर पदमा पुर्याईदिनुनै नपर्ने ? अनि वाह वाही चैं विदेशी र ईसाई मिशनरीको ?
जो जति संकुचित धारणामा बस्छ, उसको राष्ट्रिय भूमिका र नेतृत्व त्यति नै कमजोर हुन्छ। त्यसैले पनि यहँ संकुचित सोचका समाजका मानिसले राष्ट्रिय राजनीतिमा शीर्ष पदमा पुग्न नसकेका हुन् । त्यसका लागि खुला दिमाग, राष्ट्र र जातजाति सबै आफ्नो हो भन्ने बृहत सोच विकसित हुनुपर्छ । समुदाय वा जातजातिमा अल्झनेहरू र विशेष आरक्षण चाहिन्छ भन्नेहरूबाट राष्ट्रिय नेतृत्व लिन संभव हुदैन, राष्ट्र नेता बन्नै सक्दैन् । ती कथं पद वा पावरमा पुगेपछि पनि निरीह सावित हुन पुग्छन् ।
क्षेत्री राजेश हमालले दलितका लागि टिभीमा एउटा कार्यक्रम गरेर कसैको उद्दार गरिदिनुपर्ने अवस्था आउछ भने त अरू के नै आश गर्न सकिएला र खै ? समाजमा बसौं, समाजलाई रूपान्तरण गरौं । होहल्लाको यो कुरै हैन् । होहल्ला गरेको ७ दशक भईसक्यो हैं सिन्को भॉचिएको छैन् । कानुन र संविधान सबै विभेदविरोधी छ, विभेदलाई अपराध मानिन्छ । अहिलेसम्म समय अनुसार परिवर्तन जेजति हुनु छ, त्यति आफै भएको हो ।
टाउको दुखेको ओखती नाइटोमा नलाएर कसरी रोग निको हुन्छ त नि ? अहिले जातको प्रश्न हैन, समाजमा कुरीति, विभेद वा छुवाछुत विषयमा परिवर्तन गर्ने सहकार्य सबैले गर्नुपर्छ, यो प्रश्न हो । तर टाउको दुखेको औषधी भन्दै विदेशी धर्म र पैसा हुलेर नाईटोमा दलियो भने भित्रैबाट कहिल्यै सहयोग हुन सक्दैन, घुमिफिरी रूम्झाटार हुने हो । नाटकमा अभिनय गर्न सजिलो छ तर फिल्डमा गरेर देखाउनु नै स्तुत्य हुन्छ ।
१० वर्षको जनयुद्धले १७ हजार नेपालीको आहुँति दिदाँ त अझै समस्या झन रन्केको देखिन्छ भने अरू तरिकाको पछि लागेर के पो हुनथ्यो र ?
मलाई दलितसँग कुनै समस्या छैन । कुनै विभेद गरेर फाईदा पनि छैन, न विभेद नगरेर फाईदा छ । २१ औँ शताब्दीमा पनि जातजातिको कुरा गरिरहने, त्यसका आधारमा छुवाछुतको विभेद गर्ने जस्तो मानवताविरोधी काम भइरहनु र फिल्डमा रुगेर सुधार गर्न केही काम गर्न कोही अघिसर्न नसक्नु लज्जास्पद लाग्छ । त्यस्ता कामहरू पनि गाली खाँदै क्षेत्री बाहुनले नै गरिदिनुपर्ने ?
म दलितको घरमा जान्छु, बस्छु, खान्छु । तिनलाई मेरो घरमा स्वागत गर्छु, खुवाउछु । तर शहरमा बसेर मैले मेरो घरमा त्यसो गर्दैमा, गाउँ गाउँमा केही फरक पर्दैन् । मेरो चिन्तनको विषय यही हो।
राजेश हमाल एक पेशेवर अभिनेता हुन् । उनी कायर्क्रम प्रस्तोता पनि हुने गर्छन्, बेलाबेला मोडलिङ पनि गर्ने गर्छन् । यी सबै उनको पेशा हो, जीविकोर्जनको मेसो हो । सबैले गरेरै खाने हो । उनले पनि अरूले जसरी आफ्नो काम गरेर खाएका छन् । बदलामा हामीले पैसा तिरेर मनोरञ्जन पाएका छौं ।
उनको अभिनय लाखौं नेपालीलाई मनपर्छ । जनताले उनको कार्यक्रम हेरेर मानसम्मान दिएका छन् । हाम्रो उनीसँगको नाता एक कलाकार र दर्शकको मात्र हो । उनको जीवन समाज सेवा, समाज परिवर्तनका अभियान वा अन्य समाज परिवर्तनमा आफै लागेका पाटाहरू केही छन् कि छैनन् ? त्यो चर्चामा त्यति आएको देखिदैन् ।
अहिले विवादास्पद चर्चा उनबाट प्रस्तुत गराईएको “जातको प्रश्न” टिभी कार्यक्रम बन्न पुगेको छ। उनले त्यसमा काम गरेका हुन्, करार गरेर पैसा लिएका हुन्, अभिनय गरेका छन् र त्यो अभिनयले मनोरञ्जन पनि दिएका होलान् । तर प्रश्न मनोरञ्जनमा हैन, विषय, प्रायोजन र प्रस्तोताप्रतिको उच्चसम्मान दाउँमा लागेकोमा देखिन्छ ।
जात के हो ? कार्यक्रममा लगानी कसको ? प्रस्तुतिमा उनले रोजगारी गरेका हुन् कि उनको विश्वास वा मिशन हो ? यसमा चर्चा गरिनुपर्ने देखिन्छ । त्यो उनले राम्ररी बुझेर गरेका हुन् कि प्रायोजकका लागि रोल खेलिदिएका हुन् ? यसको उत्तर उनका शुभचिन्तकहरूले खोजिरहेका पनि देखिन्छन् ।
राजेश हमालप्रतिको अहिले देखिएको विरोध वा आक्रोशको कारण समता फाउण्डेशन र क्रिष्चियन एड नेपालको लगानीमा संचालित जातलाई उछालेर समाजमा बैमनश्यता थप्ने कार्यक्रम संचालन गर्यो भन्ने आरोप रहेको बुझिन्छ । जात, लगानी र प्रस्तोताको इमेज, यसमा विवाद उठ्यो। सनातन हिन्दू शास्त्रीय पद्दतिमा जात भन्ने हुँदैन, वर्ण व्यवस्था हुन्छ । वर्ण भनेको जात हैन, पेशाको वर्ग हो ।
रामायणमा सीताको भूमिका खेल्ने अभिनेत्रीलाई कतै कुनै पार्टीमा लगाएको भड्किलो देखिने लुगामा देखेर उनलाई सीतामाता ठान्नेहरूले नै खेदो गरेका थिए । अभिनय भनेको नाटकमा भूमिका खेलेको हो, रियल हैन भन्ने नबुझ्ने को हुन्छन् र ? तर पनि मानिसले कसैलाई कसरी आदर्श मानेर मनमा गढ्दो रहेछ, सीताको भूमिका गर्ने अभिनेत्रीले पीडा भोग्नु परेको थियो । पेट पाल्न गरेको कामलाई आदर्श मान्न थाल्यो भने त्यसले समाजमा नैतिक समस्या खडा गरिदिन्छ भन्ने यो एक नमूना हो ।
राजेश हमालप्रतिको अहिले देखिएको विरोध वा आक्रोशको कारण समता फाउण्डेशन र क्रिष्चियन एड नेपालको लगानीमा संचालित जातलाई उछालेर समाजमा बैमनश्यता थप्ने कार्यक्रम संचालन गर्यो भन्ने आरोप रहेको बुझिन्छ । जात, लगानी र प्रस्तोताको इमेज, यसमा विवाद उठ्यो।
सनातन हिन्दू शास्त्रीय पद्दतिमा जात भन्ने हुँदैन, वर्ण व्यवस्था हुन्छ । वर्ण भनेको जात हैन, पेशाको वर्ग हो ।
समाजमा ब्राह्मण भनेको पढ्ने पढाउने, अध्यात्म चिन्तन गर्ने, वैज्ञानिक खोज गर्ने समूह हो जसले बौद्धिक काम गर्छ। क्षत्रीय भनेको राजकाज, प्रशासन, मुलुकको रक्षा, शान्ति सुरक्षा, अमनचय कायम गर्ने वर्ग हो । वैश्य भनेको व्यापार गर्ने, उद्योग चलाउने, वितरण गर्ने, गाउँगाउँ घुमेर, लामो यात्रा गरेर उपभोक्ता र उत्पादकबीचको सेतुको काम गर्ने वर्ग हो । शुद्र भनेको शारीरिक परिश्रम गर्ने, खेती गर्ने, औजार बनाउने, कलात्मक चिजहरू बनाउने वर्ग हो।
समाजका यी चारै वर्ण आफ्नो पेशामा आधारित हुन्छन् । कसैलाई अर्को पेशा गर्न मन भए, गर्न जानेको भए, गर्न पाउने स्वतन्त्रता छ र थियो । विश्वमा अहिले पनि यिनै ४ वर्ण छन् । तर, यहॉ कतै कुनै जातपातको प्रश्न नै थिएन र अहिले पनि छैन् । कार्यक्रममा “जातको प्रश्नको” प्रश्न रहनु नै अर्थहिन हो ।
सनातन पद्दतिमा सबै वर्णलाई समाजमा महत्व दिईएको छ । जातको कुनै कुरै थिएन र छैन् । काम आफ्नो रूची अनुसार गर्न पाईन्थ्यो र अहिले पनि पाईन्छ । जात के हो ? यो प्रश्न नै हैन् । जात पहिचान हो । सबै आफ्नो पहिचानका लागि संघर्ष गरिरहेका हुन्छन् । जातमा कसैले प्रश्न गर्ने विषय नै हैन् । जे जे छ, छ, त्यही उसको समाज, नाताकुटुम्ब र वंशको पहिचान हो, आत्मसम्मान हो ।
सबै जातमा अनेक उपजात रहेको पाईन्छन् । त्यो पहिचानकै खोज हो । पहाडी जनजातिमा झन् धेरै उपजात पाईन्छन् । दलितमा सयभन्दा बढी थर वा टाईटल वा उपजात पाईन्छन् । नेवारी समुदायमा सयौं जातीय पहिचानका थरहरू छन् । के यी समस्या हुन् ? ठाउँ, पूर्खा, जराको खोज मानवजातिका अध्यात्मिक खोज हुन्, बौद्धिक हैन् ।
कोही पनि पहिचानबिहीन भएर समाजमा रहन चाहन्न, खोज्दैन् । आफ्नो पहिचानको जगेर्ना आफैले गर्ने हो । हिन्दू वर्ण व्यवस्थामा गोत्र प्रणाली हुन्छ । चारै वर्णमा उही गोत्र हुन्छन् । गोत्र हाम्रा सुरूवाती पुर्खा को थिए भन्ने पहिचान हो ।
“जातको प्रश्न” पराया परिभाषा वा व्याख्या हो । हाम्रो सभ्य, सुव्यवस्थित, समृद्ध समाजलाई हुडल्ने दुष्प्रयास हो । पहिचान छाड्न सकिन्न अर्थात जात त्याग्न सकिन्न । आफ्नो पहिचानमा गर्व गर्ने कसरी ? त्यसमा सोचिन्छ । म म हुनुमा नै गर्व छ । यसको सम्बर्धन प्रमूख कुरा हो र हुनुपर्छ ।
हामीलाई हाम्रो पहिचान सिकाउन के पराया धर्म प्रचारक संस्था र तिनको पैसा लिनैपर्ने भएको हो ? इसाई मिशिनरी समता फाण्डेशन र क्रिष्चियन एडको पाउ मोल्न परेको किन ?
नेपालमा ईसाईकरणले पहाडी जनजाति र बौद्धमार्गीहरू बिलाउदै गएका छन् । अहिलेसम्म हिन्दू समाजको छत्रछायाँ र दह्रो संरक्षणमा ढुक्कसँग रहन पाएकाले तिनको पहिचान र अस्तित्व आजसम्म कायम रहदै आएको हो । खतरा हिन्दुमा हैन, पहाडी जनजाति र दलित समुदायमा छ, तिनका आस्था, धर्म र पहिचानमा झन् खतरा बढ्दै छ । 
राजेशलाई राजेश बनाएर यत्रो सम्मान दिएको जनताले हो कि हिन्दू मास्न जन्मेका पराया धर्म प्रचारकले हो ? राजेशले यी सबै बुझेर गरेका हुन् कि पेशा मात्र गरेका वा नाटक खेलेका हुन् ?
भारतमा करिब २०० वर्ष ईसाई बेलायतले शासन गरेको थियो तर त्यहँ इसाईहरूको संख्या अहिले अल्पसंख्यक छ, २ प्रतिशत पनि छैन । किन सबैलाई ईसाई बनाउन सकेन ? नेपालसँग लडाई लडेको अंग्रेजले नेपाललाई किन ईसाई देश बनाउन सकेन ? भारतमा ईस्लामले ६०० वर्ष शासन गरेको थियो तर किन अरू देशहरूलाई जसरी ईस्लाम मुलुक बनाउन सकेन ? बुद्धिज्मले जरा गाडेको भनेको त्यसबेलाको भारत र नेपालमा बुद्धधर्म किन अहिले लखेटिए जस्तो हुन पुग्यो ? यी चिन्तनीय सवाल हुन् ।
सनातन हिन्दू धर्मको जग चट्टानमा छ । यो १० रेक्टरका हजारौं भुकम्पमा पनि हल्लिएन र हल्लिने छैन् । झन् झन् बलियो हुँदैछ । कमजोर त विदेशमा ईसाईहरू घट्दै गएर हुँदैछन् । नेपालमा ईसाईकरणले पहाडी जनजाति र बौद्धमार्गीहरू बिलाउदै गएका छन् । अहिलेसम्म हिन्दू समाजको छत्रछायाँ र दह्रो संरक्षणमा ढुक्कसँग रहन पाएकाले तिनको पहिचान र अस्तित्व आजसम्म कायम रहदै आएको हो । खतरा हिन्दुमा हैन, पहाडी जनजाति र दलित समुदायमा छ, तिनका आस्था, धर्म र पहिचानमा झन् खतरा बढ्दै छ । 
विस २०२०मा लागू भएको नयँ मुलुकी ऐनले छुवाछुत प्रथा हटाएको हो । आज ६ दशकपछि किन यही कुरालाई उचालिन्छ ? प्रष्ट छ, विभिन्न आवरणमा ईसाईकरणको एजेन्डाले जरा गाड्न खोजेको छ । नायक राजेशलाई यसमा निमित्त नायक बनाउन खोजिएको देखिन्छ ।
जातपात संवैधानिक वा कानुनी समस्या नै हैन, यो समाज व्यवहारको समस्या हो । घरभित्रको निजत्व मामला हो । त्यसलाई सडक वा मिडियामा होहल्ला गरेर काम छैन् । त्यसलाई त समाजमा पुगेर, सबैसँग सहकार्य गरेर, समाजका सबै वर्ग र जातजातिहरूलाई साथ लिएर, प्रतिष्ठित सम्मानित समाज सुधारकहरूको अगुवाईमा समाज रूपान्तरणको लामो अभियानले मात्रै संबोधन गर्न र रूपान्तरण गर्न सकिन्छ ।
अनर्गल वादविवाद गरेर, आरोप प्रत्यारोप गरेर, कसैलाई दोष देखाएर, विगतलाई कोसेर, पहिलेका तत्कालको उत्तम समाज एवं अर्थ व्यवस्थालाई धारे हात लगाएर वा बाहुन–क्षेत्रीउपर फोहोरी वचन बोलेर, विश्वका डेढ अर्ब हिन्दुहरूलाई होच्याएर समाधान हैन, समस्या झन् बल्झिने मात्र हुन्छ । समाजका सबै जातजाति, वर्गको सहयोगबिना समाजमा जरा गाडेको सयकडौँ वर्षदेखिका खराब रितिरिवाजमा कुनै सिन्को भॉच्न सकिदैन् । त्यसका लागि समाजका चौतर्फी वर्ग र कथित उच्च जात र धार्मिक समुदायका अगुवाहरूको साथ उत्तिकै अपरिहार्य हुन्छ ।
समाज सुधारका अभियान सडकमा थाल ठटाएर वा मिडियामा गफ हानेर कहिल्यै संभव हुँदैन् । फिल्डमा सबैको मन छुदै, मन जित्दै खट्नुपर्छ । जबरजस्ति हुने भएको भए जातीय लिंगीय विभेदबिरूद्ध सुरू गरिएको १० वर्षे जनयुद्धले भईसकेको हुने थियो, तर खोई त ?
छुवाछुतबिरूद्धको कानुन बनेको अहिले ६० वर्ष पुगिसक्दा पनि आज हामी किन त्यही कुराको रटान गरिरहेका छौं ? हामी सबैले चिन्तन गर्नुपर्दैन ? सवाल जातको हुँदैहैन, विभेद को हो, पिछडिएका भूगोल र समाजको हो । छुवाछुत एक सामाजिक कुरीति हो । हामी घरपरिवारभित्र आपसमै पनि छुने नछुने परिस्थिति रहेको छ । व्रतबन्ध नगरेको, बिहे नगरेको र ननुहाएकालाई छुन दिईन्न । यो पारिवारिक मामला हो । जुनसुकै जातका हुन् बाहिरियालाई घरभित्र छिर्न दिनु नदिनु निजी अधिकार हो ।
कलाकार राजेश हमालले जातको कुरा कार्यक्रम गर्न पारिश्रमिक लिएर करार गरेका हुन् । करार गरिसकेर पछि हट्दा वा करार तोड्दा क्षतिपूर्ति दिनुपर्छ । ठेक्का लिएका हुन् । छुवाछुत हटाउन फिल्डमा उत्रेका पात्र हैनन् । उनी नेपालीले सम्मान दिदै माया पाएका एक सफल अभिनेता हुन् ।
त्यसैले उनले पनि बुझ्नुपर्ने हो, कुनै पनि साध्य सही भएर साधन सही भएन भने त्यसको विकृति झन चर्को हुन्छ, बुमेराङ हुन्छ । यो हाम्रो शास्त्रीय मान्यता हो । मेरो विनम्र सुझाव छ, अब राजेश हमाल त्यो विवादास्पद र प्रायोजित धार्मिकता र जातीय सद्भावलाई विगार्नमा लक्षनिहित जस्तो कार्यक्रमबाट पछि हट्नु ठिक हुनेछ । सबै जनताको मनमा रहिरहने यो राम्रो विकल्प हो । उनको मानमा कुनै कमी नआओस्, मेरो त कामना मात्र हो ।
चाहे अमिताभ बच्चन होस् वा नेपाली अमिताभ राजेश हमाल, ती कलाकार मात्र हुन्, अभिनयकर्ता हुन्, ती पैसा लिएर नै कार्यक्रम गर्छन् ।तिनका जीविकोपार्जन गर्ने खेती अभिनय हो । तिनका नाटकमञ्चन वा अभिनयबाट दर्शकले भरपूर मनोरञ्जन लिने हो । त्यो भन्दा बढी महत्व दिएर पेशेवर कलाकारसँग आदर्शको अपेक्षा गर्नु तिनीहरूमाथि अन्याय हुन जान्छ ।
कलाकारको रोजीरोटी दर्शक वा स्रोताको आकर्षण र मायाले चल्ने हो । जनताको माया पाउनु भन्दा त्यसलाई निरन्तर कायम राखिराख्नु सक्नु कठिन काम हुन्छ । लेखक नेपाल सरकारका पूर्व सचिव एवं सामाजिक अभियन्ता हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार