मञ्जरीलाई चार दिनमै आठ लाख भ्यूज
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार २२:५१:३७
३० असोज, बागलुङ । अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ ।
गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक÷मोडल प्रकाश सपूतको नृत्य÷अभिनय छ । गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो ।
गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।
“मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ”, सर्जक पन्तले भने । गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन । निर्देशक बब्लु गायक÷मोडल प्रकाश सपूतका भाइ हुन ।
गीतको उत्पादक बागलुङकै प्रकाश जिसीले गरेका छन । उनी पनि अहिले अमेरिकामा बस्छन । गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ । गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो । गायक पराजुली भने स्याङ्जाका हुन् ।
गीतले माया÷प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालजवाफ छ । साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार