आज रातिदेखि एक महिना लामो मलमास सकिँदै
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शनिबार १:१३:०
३० असोज, काठमाडौं । शुक्रबार आज राति १ बजेर ५३ मिनेटपछि एक महिना लामो मलमास सकिँदैछ । चान्द्रमास र सौरमासको समन्वयको लागि हरेक २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ । मलमासकै कारण अरू वर्षभन्दा यो वर्ष दशैँ समेत पछि धकेलिएको थियो । मलमास सकिएसँगै शनिबार बिहानैदेखि दशैँको सुरुवात हुदै छ ।
भोलि ‘शनिबार’ बिहान १ बजेर ५३ मिनेटसम्म औंसी तिथि बाँकी रहेकोले त्यसपछि मात्रै विधिवत रूपमा मलमास सम्पन्न हुनेछ । यससँगै भोलिदेखि मलमासका कारण प्रतिबन्धित सबै कर्महरू खुला हुने भएका छन् । जस्तै, दैनिक उपभोग्य वस्तुबाहेक नयाँ सामग्री किन्नको लागि मलमासमा शास्त्रले निषेध गरेको छ । नित्य पूजाबाहेक लग्न हेरेर गर्नुपर्ने सबै किसिमका पूजामा प्रतिबन्ध लगाइएको हुन्छ ।
चान्द्रमासको यो पर्व अशुद्ध पर्व भएकोले यसलाई गणना नगरी नित्यकर्म बाहेकका शुभ कर्म गर्न नहुने विधान हिन्दु शास्त्रमा छ । हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ ।
हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार