धवनको शतकमा चेन्नेईलाई हराउदै दिल्ली शीर्ष स्थानमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १३:४२:३
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhawanss_oynHLGB6Ir.jpg)
२ कार्तिक, एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेईलाई हराएको छ । शारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।
सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए ।
यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे । रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।
चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे । दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो ।
चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गरेका छन् । उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । रबाडाले २७ खेलमा ५० विकेट पुरा गरेका हुन् । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो ।
दिल्लीले चेन्नईलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो । सिजनको पहिलो भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार