लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १३:५३:५२
२ कात्तिक, ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो ।
महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताए । उनले भने, “हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छौँ ।”
उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन् या छैनन् भनेर निरन्तर छड्के अनुगमन गर्ने योजना बनाएको जानकारी गराए ।
महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले उपभोक्ताले उचित र सुलभ मूल्यमा गुणस्तरीय सामग्री बजारबाट प्राप्त गर्न सकेका छन् या छैनन् भन्ने बुझ्न आफूहरु लागिपरेको भनाइ राखे । उनले भने, “हामीले दैनिक बजार अनुगमन गरी मापदण्डअनुसारका सामग्री बिक्री नगर्ने र स्थानीय तहका साथै सम्बन्धित निकायमा दर्ता पनि नगरी बजार सञ्चालन गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने भएका छौँ ।”
यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन् ।
अनुगमन टोलीका एक सदस्यले यस्ता व्यवसायीलाई तुरुन्तै प्रक्रिया पु¥याएर सही तरिकाले व्यवसाय अघि बढाउन आग्रह गरेकोे जानकारी गराए। ललितपुरमा शुक्रबारबाट शुरु भएको बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार