केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार २१:६:४२
२ कार्तिक, काठमाडौं । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि काम गर्ने भएका छन् । यस सम्बन्धि एक सम्झौतामा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ), एक अग्रणी गैरनाफामुलक संस्था हो जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्धन गरिरहेको छ। केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छ भने वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गरिरहेकाे छ ।
वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरनेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नतालाई कम गर्न मद्दत पुर्याउँछ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरिसकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोगसँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ ।
केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिँदै भने “यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डिजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रलाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो । ”
त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने, “हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने हाम्रो संस्थाको मुल्य र मान्यता सँग पुर्णरुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्णरुपमा सघाउने छौं ।”
दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् । केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ ।
कर्णाली बेसिन संरक्षण फाउन्डेशन के हो ?
नेपालमा युएसएआईडीको पानी परियोजनाको सहयोगमा डीएसभी सल्लाहकारहरू (डोल्मा सल्लाहकार प्राइवेट लिमिटेड, सफल पार्टनर्स र भिरोक एन्ड कम्पनी प्राइवेट लिमिटेडको संयुक्त लगानी कम्पनी) ले केआरबीमा प्रशस्त लगानी गरी इकोसिस्टम विकसित गर्न मद्दतको लागि केबीसीएफको सिर्जना गर्यो, जैविक विविधता संरक्षण र न्यायसंगत विकासमा ध्यान केन्द्रित गर्दैछ ।
लामो अवधिको लागि केबीसीएफले आर्थिक रूपले फस्टाउने कर्णाली नदी बेसिन निर्माण गर्ने लक्ष्य राखेको छ जसले संरक्षण र विकासलाई सन्तुलनमा राख्दै निजी क्षेत्रको विकासको माध्यमबाट आत्मनिर्भरताको लागि नेपालको यात्रामा सहयोग पुर्याउँछ।
वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो । यस कम्पनीले सक्रिय रूपमा नेपालका ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर इन्टरनेट सेवा प्रदान गर्दै आईरहेको छ ।
इन्टरनेटबाट वञ्चित भएका क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउदै, इन्टरनेटको पहुँच भएको र नभएको बीचको असमानता कम गर्ने लक्ष्य राखेको छ। यो कार्य सँधै जारी रहने छ । उत्कृष्ट सेवा प्रदान गर्न र विकासको लागी यो कम्पनी संधै प्रतिबद्ध रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्क टेस्लाका ६ हजारलाई कर्मचारीलाई बर्खास्त गर्ने तयारीमा
बैशाख १९, २०८१ बुधबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार
अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनी
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार