रिचार्जरमा दशैं बोनान्जा, अफर भित्र अफरमा छुटै छुट
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १७:२९:४४
४ कात्तिक, काठमाडौं । मोबाइल एप रिचार्जरले बडादशैंलाई लक्षित गर्दै दशैं बोनान्जा, अफर भित्र अफर सुरु गरेको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरु गरेको हो । दशैंको किनमेल गर्नेहरुलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि अफर सुरु गरेको हो ।
अफर अन्तरगत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छुट पाउने छन् । त्यसै गरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको व्यवस्था गरिएको छ । रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
काठमाडाैं भ्याल्ली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने रिचार्जरले जनाएको छ ।
रिचार्जरले ८ घण्टासम्म हात निर्मुलीकरण गराउने स्यानीटाइरको बुकिङ समेत सुरु गरेको छ । उक्त स्यानिटाइजर एक पटक प्रयोग गरे पछि ८ घण्टासम्म हात किटाणूमुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु नपर्ने बताइएको छ । रिचार्जरले किटाणु नाश गर्ने बायोटेक मास्क बिक्री बितरण गरिरहेको छ । उक्त मास्कमा प्रयोग भएको डिस्इन्फेक्सन रसायनले मास्कमा नै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणुको नास गर्नेछ ।
यसका साथै कोरोना संक्रमण नियन्त्रणका लािग रिचार्जरले सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।
गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाइन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार