दशैँको टीकाको शुभ साइत बिहान १०ः१९ मा उत्तम
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २०:३४:५६
४ कात्तिक, काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटमा उत्तम रहेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।
यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको हाे ।
अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो । त्यस्तै, फूलपाती भित्र्याउनको लागि शुभ साइतको आवश्यकता पर्दैन । षष्ठीको दिन बेललाई निम्ता दिने र सप्तमीको दिन बिहान बेल टिपेर साँझमा बेल पूजा गर्ने विधान रहेको छ ।
त्यस्तै, कात्तिक ७ गते फूलपातीको दिन बिहान ८ बजेर ५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १० बजेर १४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ ।
विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटको लागि तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार