चुरे फेदीका बासिन्दा मोबाइलमा कुरा गर्न रुख चढ्नुपर्ने बाध्यता
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १५:४८:२
५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन् ।
“कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भने, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु पर्दछ । मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन ।” वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेट चलाएर पठाउँदै आएको उनले बताए। नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उनको भनाइ छ ।
“वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्य लालबहादुर महराले भने, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ ।” आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताए।
नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले भने, “एनसेललगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ । फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ ।”
बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।
नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन । सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन । “मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भने, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो । इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ ।”
सबैका घरघरमा मोबाइल सेट छन् । फोन गर्नकै लागि टाढाको कलुवापुर र अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीय बासिन्दालाई बाध्यता छ । पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार