मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शुक्रबार १८:२:९
![](https://nepalbahas.prixacdn.net/media/albums/rojgar_v0QhOuID0x.jpg)
७ कात्तिक, सिञ्जा । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन ।
नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको मेयर रोजगार कार्यक्रममार्फत छ महिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको थियो । नगरपालिकामा रहेका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
आर्थिक २०७६र०७७ को नीति तथा कार्यक्रममै बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएको थियो । मेयर रोजगार कार्यक्रममार्फत बेरोजगारलाई जीवनोपयोगी सीप सिकाएर रोजगारी प्रदान गरिने नगपालिकाले जनाएको थियो । उक्त कार्यक्रममार्फत नगरपालिकाका १० वटै वडाका एक/एक बेरोजगार युवालाई पहिलो चरणमा छ महिने तालिम प्रदान गरिएको नगर प्रमुख कान्तिका सेजुवालले जानकारी दिए।
तालिम समापन अवसरमा नगर प्रमुख सेजुवालले नगरपालिकामा अब कोही पनि बेरोजगार नबस्ने बताए। उनका अनुसार मेयर रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम प्रदान गरिएको जानकारी दिए । तालिम अवधिभर सिकेको सीपलाइ व्यवहारमा उर्तान उनले आग्रह गरे ।
बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको भन्दै तालिम लिएका १० युवालाई नगरपालिकाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिद गरी उपलब्ध गराएको छ । जुम्ला बजारमा बाह्य देश तथा जिल्लाका जनशक्तिले मोटरसाइकल मर्मतमा बजार जमाएको भन्दै उनले स्थानीय युवालाई लक्षित गर्दै पहिलो चरणमा तालिमको आयोजना गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
माघ १०, २०८१ बिहिबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार