सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान
नेपालबहस संवाददाता
कात्तिक १०, २०७७ सोमबार २२:९:३८
१० कार्तिक, गण्डकी । विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ ।कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नगर्ने भएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो ।
नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा घटस्थापना गरी दैनिक सप्तशती पाठसहित फूलपाती, महाअष्टमी, कालरात्री, महानवमीको विशेष पूजा गरेर विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहँदै आएको थियो ।
ऐतिहासिक परम्पराको निरन्तरताका लागि फैँलदो कोरोना महामारी एवम् स्थानीय प्रशासनको आग्रह समेतलाई दृष्टिगत गरी यो वर्ष भने विगतका तुलनामा सामान्य रुपमा पूजाआजा सम्पन्न गरिएको कोटभैरव मन्दिर व्यवस्थापन एवम् संरक्षण समितिका अध्यक्ष चेतबहादुर महतले बताए ।
विजयादशमीका दिन मन्दिर आसपासका बरमाझथर, बरधारपानी, बरपौवालगायत स्थानबाट सर्वसाधारण जम्मा भई एकआपसमा टीका लगाउँदै शुभकामना आदानप्रदान गर्ने प्राचीन प्रचलन भए पनि यो वर्ष कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो उपस्थिति नभएको उनले जानकारी दिए ।
पञ्चाङ्ग निर्णायक समितिले घोषणा गरेको टीकाको शुभसाइतमा कोटभैरव मन्दिरमा बाजा बजाएर टीकाको शुभारम्भ गर्ने र बाजाको आवाज सुनेपछि घरघरमा टीका लगाउने प्रचलन यहाँको विशिष्टता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार