दाङमा हात–खुट्टा काटिएको अवस्थामा युवक फेला, अवस्था चिन्ताजनक
नेपालबहस संवाददाता
कात्तिक ११, २०७७ मंगलबार १६:५:४८
११ कार्तिक, दाङ । दाङमा बिहेको भोज खाएर फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण भएको छ । प्रहरीका अनुसार आक्रमणबाट युवकको अवस्था चिन्ताजनक रहेको छ । उनी हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो हतियारले काटेको घाउ छ । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।
प्रहरीले गएराति १० बजेतिर उनलाई उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले जानकारी दिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी विकलाई थप उपचार गर्न गएराति नै बाँके रिफर गरिएको छ ।
विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । नवलपुरस्थित आफ्नो घर फर्किँदै गर्दा उनीमाथि पढ्ढा र गोलौरी बिचको सुनसान स्थानमा अज्ञात समूहले आक्रमण गरेको र आक्रमणकारीको खोजी भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार