पत्रकार भूपराज बस्याललाई पितृ शोक
नेपालबहस संवाददाता
कात्तिक ११, २०७७ मंगलबार २०:२१:५९
११ कार्तिक, स्याङ्जा । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा सोमवार राती निधन भएको हो । गल्याङ नगरपालिका वडा नम्वर ३ निवासी देबाखर बस्यालको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ ।
नेपाल पत्रकार महासंघ युएई शाखाका पूर्ब अध्यक्ष समेत रहेका बस्यालका बुबा देबाखर केही दिन देखि अस्वस्थ भए पछि स्थानीय अस्पतालमा उपचार गरिदै आइएको थियो । देवाखर बस्यालका श्रीमती, चार छोरा र एक छोरी रहेकाछन् । नेपाल प्रेस युनियन स्याङ्जा शाखाद्धारा जारी गरिएको विज्ञप्तीमा युनियनका केन्द्रीय पार्षद बस्यालका बुवाको निधनले स्याङ्जावासी पत्रकारहरुलाई दुःखद तुल्याएको भन्दै समवेदना प्रकट गरेको छ ।
युनियनका स्याङ्जा अध्यक्ष प्रदिप कोइरालाले शोक विज्ञप्ती जारी गर्दै नेपालको प्रजातान्त्रिका आन्दोलन देखि लोकतान्त्रिक आन्दोलन सम्म महत्वपूर्ण भुमिका खेलेका देवाखरको निधनले अभिभावक गुमाएको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार भुपराज सहित सम्पूर्ण परिवारमा धैयता गर्ने शक्ति इश्वरबाट प्रदान होस भन्ने उल्लेख गरिएको छ ।
पत्रकार बस्याल नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, नेपाल बहस अनलाईन लगायतका मिडियामा आवद्ध रहेका छन् । यसैबीच देबाखर बस्यालको मंगलवार कालिगण्डकी नदी तटमा अन्तिम संस्कार गरिएको छ । यसअघि बस्यालको पार्थिव शरीरमा नेपाली कांग्रेस महासमिति सदस्य तथा गल्याङ नगरसभापति श्याम प्रसाद बस्याल लगायतले कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार