आइपिएलमा दिल्लीको लगातार तेस्रो हार
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १३:३२:२५
१२ कार्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’मा मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले मात्र दुई विकेटको क्षतिमा पूरा ओभर खेल्दै २१९ रन बनाएको थियो। २२० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली एक ओभर बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३१ रनमा सीमित भएपछि हैदराबादले सानदार जित निकालेको हो।
हैदराबादको जितका लागि रिद्धिमान शाहले सर्वाधिक ८७ रन प्रहार गरे। उनले दुई छक्का र १२ चौकाको मद्दतमा सो रन जोडे। त्यस्तै कप्तान डेबिड वार्नरले ६६ रन बनाए भने मनिष पाण्डे ४४ रनमा अविजित रहे। अष्ट्रेलियन खेलाडी केन विलियम्सन ११ रनमा नट आउट रहे।
यता दिल्लीका एनरिच नोर्तजे र रविचन्द्र अश्विनले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा आएको दिल्लीले खराब सुरुवात गर्दै पावर प्लेमै तीन विकेट गुमाएको थियो। सातौं ओभरको पाँचौ बलमा अर्का खेलाडी गुमाउँदा दिल्लीलाई ठूलो घाटा लागेको थियो।
यसैबीच अजिंक्य रहाणेले भने २६ रन जोड्न सके। त्यस्तै, ऋषभ पन्तले ३५ रन जोडे भने सिमरोन हेट्मेयरले १६ र तुषहर देशपाण्डेले २० रनको योगदान दिए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
हैदराबदका लागि राशिद खानले तीन विकेट लिए भने सन्दिप शर्मा र टी नटराजनले समान २–२ विकेट लिए। एक विकेट लिनेमा शबज नदिम, जेसन होल्डर र विजय संकर रहे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार