म्याग्दीको खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १९:७:१५
१२ कार्तिक, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ ।
घटस्थापनादेखि वडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो । मौलोमा कोट पूजा तथा बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापा, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गरेका थिए ।
नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखिनै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म बलिसहित शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ । कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्ग भवानी मन्दिरका विशेषता रहे पनि बली दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको बत्ती दशमीका दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय वृद्धवृद्धाको भनाइ छ ।
तत्कालीन राजा मलेबम मल्लका सौतेला भाइ भर्तिवम मल्लको दरबारलाई उनको मृत्युपछि कोत बनाई राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरबारलगायतका सामान राखिएको खड्गभवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले यसको विकासका लागि वडा कार्यालयले पहल गरिरहेको छ ।
यहाँ पदमार्ग लगायतका केही पूर्वाधार निर्माण भइसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष थापाले बताए । उनका अनुसार खड्गभवानी कोतसँग म्याग्दी जिल्लाकै इतिहास र बाइसेचौबीसे राज्यको वास्तविकता गाँसिएकाले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुककोटको ऐतिहासिक सम्बन्धको बारेमा खोजीनीतिसमेत भइरहेको छ । गौरवमय इतिहास रहेको ज्यामरुककोटलाई देश विदेशमा परिचित बनाउन र यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न वडाध्यक्ष थापाको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो, कारोबार ३ करोड भन्दा माथि
माघ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार