बाघको आक्रमणबाट बच्न दिगो उपाय खोजिँदै
नेपालबहस संवाददाता
कात्तिक १३, २०७७ शुक्रबार २:०:५१
१२ कार्तिक, बाँके । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न स्थानीय प्रशासन र जनप्रतिनिधि अग्रसर भएका छन् । बर्दियाको मधुवन नगरपालिका ३, भग्रैया क्षेत्रमा बाघले मान्छे मारेर हैरान गरेपछि मानव र वन्यजन्तु दुवैको संरक्षणमा चासो बढेको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बुधबार भएको सर्वपक्षीय बैठकमा यस विषयमा गम्भीर छलफल भएको छ । सो नगरका प्रमुख गणेशबहादुर क्षेत्रीले नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वनलाई आग्रह गर्दै आएका छन ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाघलाई छिट्टै नियन्त्रणमा लिने योजना रहेको जानकारी दिए । भग्रैयामा बुधबार बाघको आक्रमणमा परी २७ वर्षीय दिनेश थारू र २६ वर्षीय रमेश चौधरीको ज्यान गएको सहायक प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।
गत दुई वर्षमा यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यही कार्तिक ५ गते स्थानीय गङ्गा बुढालाई दशगजा नजिकै जङ्गलमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरी मृत बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार