मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक ‘कोटगाउँ’ ओझेलमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७७ शुक्रबार १४:१:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/magar-e1604025059868_ldBaB86LUH.jpg)
१४ कार्तिक, गलेश्वर । मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ छ ।
कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ । चार सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको वंशवृक्ष झ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताए । उनका अनुसार सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोट गाउँ र एक भाइ पाखापानीमा बस्न थाले । सेवा जेठा र सुन्दर कान्छा थिए । शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेको भाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए ।
त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र विवाह गर्न निकै कठिन पर्दथ्यो । उनीहरुका कुटुम्बी कोही नहुँदा विवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीय गौबहादुर शेरपुंजाले जानकारी दिए ।
सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले । सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा विवाह र सोलीडोली चल्न थाल्यो । त्यसपछि शेरपुंजा र पाइजाका बीचमा विवाह हुने चलन शुरु भयो । दुवै थरको सन्तान झ्याङ्गिदै गए । वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एक भाइको थर परिवर्तन गरेर विवाह गर्ने चलन शुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरले बताए ।
यसरी शुरु भएको शेरपुंजा र पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको छ । अहिले कोटगाउँमा ९६ घरधुरीको मात्र बसोबास रहेको छ । तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका सात, गर्बुजाका १४ र दलितका आठ घरपरिवार मात्र कोटगाउँमा बस्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
असार १९, २०८१ बुधबार
टर्की युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
असार १९, २०८१ बुधबार
म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण
असार १९, २०८१ बुधबार
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
असार १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम
असार १९, २०८१ बुधबार