मोफसलबाट मोडलिङमा डेब्यु गर्दै आर्या श्रीवास्तव
नेपालबहस संवाददाता
कात्तिक १४, २०७७ शुक्रबार १९:३२:३७
१४ कार्तिक, काठमाडौं । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश न २ घर भई हाल काठमाडौंमा बस्दै आएकी आर्या श्रीवास्तव ।
१६ बषिर्या आर्या मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा मोडलिङ गर्दै आएकी आर्या श्रीवास्तव आफु रहरले नभएर सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । आर्याले उत्साहित हुदै भनिन् – “मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।”
आफनो मेहनत गरे अनुसार सफलता पाउनेमा आफु निकै आशावादी रहेको समेत बताउदै आर्याले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त आर्या श्रीवास्तव कलाकारमात्र बन्ने उनको शौख होइन उनी एउटा मोडलको रुपमा आफनो पहिचान बनाउनको लागी पनी सिने क्षेत्रमा आउनको लागी चाहेको उनले बताइन ।
विभिन्न स्टेज कार्यक्रम गदैं आएकी आर्यालाई छोटो समयमै सफलता पनि मिलेको छ । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे उनले भनिन । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहने उनी बताउछिन ।
घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागेपनि परिवारको राम्रै सपोर्ट छ उनमा । परिवारको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो ह्ुनेमा आफुमा आत्म विश्वास भरिएको उनले सुनाइन ।
१६ औँ बसन्त पार गरेकी आर्या एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै मायाँका रुपमा लिन्छिन । बजारमा देखिएको फेसनेवल माया आफुलई राम्रो नलाग्ने उनी बताउछिन ।
आर्या श्रीवास्तव भन्छिन ‘माया प्रेम भन्ने वित्तिकै जोपायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन‘ ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनिमात्र जीवन निर्वाह गर्न सहज हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार