एक हप्ताका लागि बन्द तीन वटा स्थानीय तह बन्द
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १६:२८:४४
२१ कार्तिक, म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।
धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो । मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मंसिर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको जानकारी दिए ।
छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मङ्गलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो । मङ्गलाका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि एक हप्ताका लागि बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताए ।
दरवाङका एक सुरक्षाकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ । सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ । बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या भएको छ ।
सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लोपटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको सङ्ख्या १०८ जना पुगेको छ । सक्रिय संक्रमित ३५ जना छन् ।
करिब दुई हजार स्वाबको नमूना परीक्षण गरिएको छ । गत हप्ता बेनीका एक वृद्धको कोरोना संक्रमणका कारण काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी असोज तेस्रो साता धौलागिरि गाउँपालिका–७ का एक वृद्धको पनि पोखरामा कोरोनाका कारण ज्यान गएको थियो ।
यसैगरी मालिका गाउँपालिकाले दरबाङमा कोरोना संक्रमितको उपचारका लागि पाँच श्ययाको कोरोना अस्पताल र १५ श्यया क्षमताको प्रिआइसोलेशन कक्ष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । “जनप्रिय माविको आधारभूत तहको भवनका छ वटा कोठामा कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएका हौँ”, उनले भने, “त्यहाँ इन्टरनेट जोडेर वाइफाइको समेत व्यवस्था गरेका छौँ ।”
लक्षण नभएका संक्रमितलाई प्रिआइसोलेशन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र सङ्क्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार