नेपालका दुई बैंकले जिते १ अर्ब ५० करोडको मुद्दा
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १८:९:५४
२१ कार्तिक, काठमाडौं । हिमालयन बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले चीनमा एक अर्ब ५० करोडको मुद्दा जितेका छन् । मुद्दा जितेसँगै गएको आठ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा बैंक ग्यारेन्टी बसेबापत फसेको सो रकम उठ्ने संभावना बढेको छ । चीनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी मार्फत नेपालका उल्लेखित दुई बैंकले सो रकम फिर्ता पाउने भएका छन् । बैंकका तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले मेलम्चीको चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको मुद्दामा चीनको जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिनु भन्ने फैसला गरेको उनले बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनामा ८ वर्षअघिबाट फसेको उक्त रकमका लागि लड्दै आएका दुई बैंकले सो मुद्दामा चीनको जिल्ला अदालतले उक्त रकम नेपालका बैंकहरुलाई फिर्ता दिन आदेश दिएको हो । यद्यपी मुद्दा हारेको पक्ष चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो १कम्पनी माथिल्लो अदालतमा जाने बाटो भने अझै खुला नै छ। सुरुमा जिल्ला अदालत बेजिङमा नेपालका दुई बैंकले सो मुद्दा हारेका थिए । सो पछि अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अदालतमा सो मुद्दामा पुनरावेदन दिएका थिए । सो मुद्दा भने नेपालका दुई बैंकको पक्षमा फैसला भएको थियो । फेरि उच्च अदालतबाट जिल्ला आदालतमा फर्किएको सो मुद्दामा शुक्रबार नेपालका बैंकको पक्षमा फैसला भएको छ ।
चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको सम्झौता भङ्ग (ठेक्का तोडिएपछि) भएपछि मेलम्ची र बैंक अफ काठमाण्डू र हिमालयन बैंकको सम्झौता अनुसार मेलम्चीले दुई बैंकबाट १.५० अर्ब रुपैयाँ क्लेम मागेको थियो । सो बखतामा अधिवक्ता गान्धी पण्डितले नै मेलम्चीको तर्फबाट मुद्दा लडेर नेपालको अदालतबाट बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट उक्त रकम दिलाएका थिए । दुई बैंकले मुद्दा हारेर रकम तिर्नुपर्ने भएपछि उनै अधिवक्ता पण्डिलाई चाइना ब्यूरो रेलवे १५ विरुद्ध चीनमा गएर मुद्दा लड्न दुई बैंकले उनैलाई अख्तियारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार