दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सकियो
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शनिबार १:७:७
२१ कार्तिक, वालिङ । दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाले सञ्चालन गर्दै आएका विभिन्न परियोजनाका बारेमा समिक्षा गरिएको हो । कार्यक्रममा बोल्दै सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले दियालोले सञ्चालन गरिरहेको कार्यक्रम निक्कै प्रभावकारी रहेको बताए । उनले भने ‘दियालोसँग सहकार्य गरेर काम गर्न निक्कै सहज रहेको छ ।’
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले विभिन्न परियोजना मार्फत स्याङजा जिल्लाका ११ वटै पालिकामा विभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘११ वटै पालिकामा सञ्चालन भई रहेका विभिन्न परियोजाहरुको प्रगती उपलव्धीमूलक रहेको छ ।’ अध्यक्ष तिवारीले कार्यक्रम कार्यान्वयनलाई अझै प्रभावकारी बनाउदै लगिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा युएसएआईडीको सहयोगमा सञ्चालित सुआहाराका कार्यक्रम प्रमुख ओमसुव गुरुङले सुआहारा दोस्रोका बिभिन्न कार्यक्रमको प्रगती र अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस्तै युएनडिपी तथा वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना’ का प्रमुख राधाकृष्ण डुम्रेले उक्त कार्यक्रमका प्रगती तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए । दियालो संस्थाका वित्तिय तथा प्रशासन अधिकृतहरु सबिना कर्माचार्य र शुसिला अर्यालले आर्थिक अवस्था तथा बजेटका बारेमा जानकारी गराएका थिए ।
समिक्षा कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी, सचिव सीता गौडेल, सहसचिव सीता गैह्रे, कोषाध्यक्ष सीता डुम्रे र सदस्य चण्डिका सापकोटा लगायतले आ—आफ्नो भनाई राखेका थिए । २०६५ सालमा स्थापना भएको दियालो संस्थालो युएनडिपी, युएसएआईडी, एचकेआई, केयर नेपाल लगायतका अन्तराष्ट्रिय संघसंस्था तथा नेपाल सरकार लगायतसँग मिलेर काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार