पूर्वेली गायिका सरिता राईको मन पराउँछु माया गर्छु सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार २०:२८:४१
२२ कार्तिक, धरान । पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।
धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।
गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । नव प्रतिभाका लागी प्रेरणा र हौसला रहोस भन्ने अभिप्रायले भिडियोमा आफुले नगद ४५ हजार सहयोग गरेको प्रस्तुतकर्ता क्रान्ति सुब्बाले बताए । शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए । भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ ।
गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ । कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा,मिना श्रेष्ठ, गायक गंगा बरदानलगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका धरानमा रहेका कलाकार तथा पत्रकारहरुको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यक्रममा निर्माता क्रान्ति सुब्बाले गायक गंगा बरदानलाई नगद १० हजार रूपैयाँ सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार