प्रदेश २ मा सशस्त्र डीआईजीको घुमुवा आंतक
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ आइतबार ०:३५:५
२२ कार्तिक, बीरगञ्ज । सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको निर्देशन विपरीत डीआईजी कृष्णभक्त ब्रहम्चार्याले घुमुवा परिचालन गरि २ नं. प्रदेशमा घुमुवा आतंक मच्चाएको खबर छ । सशस्त्र प्रहरी २ नम्बर प्रदेशका डीआईजी केबी ब्रहम्चार्याले घुमुवाहरुको सहयोगले व्यापक रुपमा तस्करी सुचारु गराएको समाचार प्राप्त भएको हो।
डेढ महिना मात्र जागीर अवधि बाँकी रहेका सशस्त्र प्रहरी बल प्रदेश नम्वर २ का डीआईजी ब्रहम्चार्याले दुई नम्बर प्रदेशभरि घुमुवा परिचालन गरि तस्करीको लाईन दिएका हुन् । ३० बर्षे सेवाअवधिका कारण डीआईजी ब्रम्हचार्यले आगामी मंसिर २३ गते अनिवार्य अवकाश पाउँदैछन् ।
जसरी हुन्छ पैसा असुल्ने धन्दा चलाएका डीआईजी ब्रहम्चार्याले प्रदेश दुईमा घुमुवा परिचालन गरी घुमुवाहरुमार्फत जसरी हुन्छ तस्करीको लाईन संचालन गरी रकम असुल्न आदेश दिने गरेको समाचार स्रोतको भनाई छ ।
पर्सा जिल्लाको तत्कालीन सशस्त्र प्रहरी प्रमुख हुँदा पनि ब्रहम्चार्यले पैसाको मामलामा विवादित रहेका थिए । डीआईजी ब्रहम्चार्यले जागीरको बाँकी डेढ महिने अवधिमै करोड रकम उठाउने मनसुवाले आठै जिल्लामा घुमुवा परिचालन गरेर तस्करसँग रकम असुलीमा लागेको सशस्त्र प्रहरी कै एकजना अधिकृतले नाम नछाप्ने शर्तमा नेपालबहस डटकमलाई बताएका छन्।
सत्तारुढ नेकपाका केही नेताहरुलाई मोटो रकम भेटी चढाएर प्रदेश दुईको डीआईजीमा सरुवा भई आएका ब्रहम्चार्याले डेढ महिना पछि अवकाश पाउने भएका कारण प्रदेश नम्वर २ को आठै जिल्लामा घुमुवा परिचालन गरी घुमुवामार्फत तस्करसँग रकम बुझने गरेको सशस्त्र प्रहरी बलका ती अधिकृतको दावी छ ।
प्रदेश नम्बर २ का सप्तरी, महोतरी, सिरहा, जनकपुरको मटिहानी ,जहटी ,सर्लाहीको मलंगवा, रौतहटको गौर ,बंकुल ,बाराको मटिअर्वा, सिम्रोनगढ, गोलागञ्ज ,कवहीगोठ, पर्सा लगाएतका जिल्लाहरुबाट ब्यापक रुपमा प्रदेश नम्वर दुईका सशस्त्रका डीआईजी ब्रहम्चार्याको आशिर्वादमा तस्करीको लाईन ठुलो मात्रामा संचालन भईरहेको एक तस्कर स्वयमले नाम नराख्ने शर्तमा बताएका छन् ।
पर्सा जिल्लामा घुमुवा सिपाही इमाम आलम, हवल्दार बशिष्ट पटेल, बैकुण्ठ बैठा र बिकास रौनियार, बारा जिल्लामा गगनदेव साह, रौटहटमा नगिना साहसहित ३ जना लगाएत बिभिन्न जिल्लाहरुमा घुमुवा परिचालन गरि तस्करहरुसँग रकम असुली गरि तस्करीको लाईन चलाउन सफल भएका हुन् ।
डीआईजी केबी ब्रहम्चार्यले पर्सामा एसपी हुँदा तस्करहरुसँग नजराना बुझि तस्करीको लाईन दिएर बिवादमा परेका थिए । नेपाली सेनाबाट सशस्त्र प्रहरी बलमा प्रवेश गरेका डीआईजी ब्रहम्चार्यले मंसिर महिनामा अवकाश पाउने भएको कारण एनीहाउ पैसा कमाउ धन्दामा मरिहत्ते गरी रहेका छन् ।
अवकाश हुने बेलामा पैसा कमाउनका लागि सशस्त्र प्रहरी बलका बिवादित डीआईजीलाई नेकपाका केही लोभीपापी नेताहरुको दवावमा पैसा कमाउन पठाइएको बताइएको छ । प्रदेश नम्वर दुईमा करिब तीन महिनाका डीआईजी बनेका ब्रहम्चार्यले अहिले आफना घुमुवामार्फत प्रदेश नम्वरको सबै जिल्लाबाट करोडौं रुपैया मासिक असुली गरिरहेका छन् ।
तस्करीको लाईन संचालन गर्नको लागि डीआईजी केबी ब्रहम्चार्याका घुमुवा आलमले तस्करसँग साठगाठ गरि तस्करीको लाईन पर्सामा सुचारु गरेपनि पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले धमाधम पक्राउ गरि भन्सारमा बुझाउने गरेकी छिन्।
घुमुवा आलमले पर्सामा रहेका बीओपीका प्रमुखहरुलाई आफु डीआईजीको घुमुवा भएको बताउँदै धम्काउने गरेको सशस्त्र प्रहरी बीओपीका एक प्रमुखले नाम नछाप्ने शर्तमा बताएका छन् ।
को हुन् घुमुवा आलम ?
सशस्त्र प्रहरीका सिपाही मात्र हुन उनी । तर उनको रवाफ कुनै एसपीको भन्दा कम छैन् । तत्कालीन २ नम्बर प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रबिण श्रेष्ठको घुमुवा बसेको बेला तस्करहरु उनको साठगाठ बारे विभिन्न पत्रपत्रिकामा व्यापक चर्चा भएको थियो । तस्करहरु साठगाठ राखेको बिषयमा उजुरी परेपछि उनी केहीसमय हेडक्वाटरमा तानिएका थिए।
हाल उनी वर्तमान सशस्त्र प्रहरी २ प्रदेश प्रमुख डीआईजी केबी ब्रहम्चार्याको विश्वासपात्र घुमुवा समेत रहेका छन्। डीआईजी ब्रहम्चार्याको आर्शिवादले सिपाही आलमले तस्करहरुसँग नजराना बुझि पर्साको वीरगंज भन्सार , अमरपर्टी, पकाहा, सबैठवा , भिस्वा , भिखमपुर, महादेवपर्टी , त्यस्तै बारा जिल्लाको छतवा, बरैनिया , मटिअर्वा , कवहीगोठ , गोलागंज , पिपरपाटी, सिम्रोनगंढ लगाएत दुई नम्बर प्रदेशभरि नै रहेका सीमानाकाहरुमा तस्करी भईरहेको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी बीओपी प्रमुखहरुको समाचार आएपछि बीओपीको प्रमुखहरुलाई प्रदेश बोलाई कारवाहीको धाकधम्की देखाई ठुलो रकम बार्गेनिङ गरि पुन बीओपीमा फिर्ता पठाउने गरेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार