अबैध हतियार, घरेलु मदिरा र फरार अभियुक्तमाथि बोगटी कमाण्डको नजर
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ सोमबार ०:२२:२२
२३ कार्तिक, स्याङ्जा । प्रहरी उपरीक्षक होविन्द्र बोगटी प्रहरी प्रमुख भएर स्याङ्जा आएपछि अबैध हतियार, फरार अभियुक्त र अबैध घरेलु मदिरातर्फ निगरानी बढाएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आज लुकाई छिपाई राखिएका अबैध हतियार बरामद गरेको छ । इजाजत विना लुकाई राखेका हातहतियार प्रति स्याङ्जा प्रहरीले निगरानी बढाउन थालेको हो । आईतवार स्याङ्जा प्रहरीले बिरुवा गाँउपालिकाबाट अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बिरुवा गाँउपालिका २ बेसारे डाँडा बस्ने बर्ष ३३ को भीमबहादुर गुरुङ्लाई हतियारसहित पक्राउ गरेको जानकारी दिए । विशेष सुराकीको आधारमा प्रहरीले गुरुङकाे घरगोठ खानतलासी गर्दा गोठमा काठको खलियामाथी सुकेको खरको घाँस र सुकेको मकैको डाठभित्र लुकाई राखेको अवस्थामा अबैध हतियार फेला परेको प्रवक्ता अधिकारीले बताए ।
गुरुङ्ले लुकाई राखेको अवस्थामा प्रहरीलेले एक नाले बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ थान र ५५ ग्राम बारुद बरामद गरेको छ । बरामद सामाग्री सहित गुरुङलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसनधान भएको प्रहरीले जनाएको छ ।
अबैध हातहतियारबाट चोरी शिकारीदेखि मानवीय घट्ना हुन सक्छ, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बोगटीले भने, “शान्तिसुरक्षा मजबुत बनाउन जिल्ला प्रहरी स्याङ्जा अबैध हातहतियार बरामद गर्न लागी परेको छ ।” जिल्लाको शान्तिसुरक्षामा प्रहरीले कुनै कसुर बाँकी नराखेर काम गर्ने छ, प्रहरी प्रमुख बोगटीले भने । बोगटीले चालेकाे कदमका कारण समाजमा अपराधिक क्रियाकलाप न्युनिकरण हुने विश्वास स्याङ्जावासीले लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार