कोरोना नियन्त्रण र उपचारमा टोखाको चार करोड खर्च
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ सोमबार ०:२२:४३
२३ कार्तिक, काठमाडौं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीेदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए ।
टोखाले विपन्न परिवारको राहतका लागि रु एक करोड ४१ लाख ११ हजार ३६५, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि रु दुई लाख ३५ हजार ६६०, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयसेवक, खाना तथा खाजा र अनुगमका लागि रु १७ लाख ९८ हजार ३७०, होम आइसोलेसन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।
यस्तै, प्राविधिक÷सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा श्यया खर्च रु नौ लाख ६६ हजार ८०५, आइसोलेसन÷क्वारेन्टाइन खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२, जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ ।
यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि रु सात लाख ३२ हजार ३२१, माक्स, क्लोरिन, स्यानिटाइजर, पीपीई, थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरिदका लागि रु चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु २० लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए ।
कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग रु पाँच करोड ८२ लाख ६ हजार ३५८ रकम रहेको छ जसमध्ये नगरपालिकाको कोषमा रु दुई करोड ५० लाख, वाग्मती प्रदेश सरकारबाट प्राप्त रु १२ लाख, टोखाका शिक्षक कर्मचारीबाट सहयोग रु नौ लाख ३१ हजार ८९५, टोखाका सहकारी संस्थाबाट सहयोग रु एक लाख ६६ हजार २११ रहेको छ ।
यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट रु तीन करोड २४ लाख, विभिन्न संघसंस्थाबाट सहयोग रु दुई लाख ३० हजार, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको रु तीन लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । टोखाले हालसम्म ६ हजार ५५ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार