प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार १५:३७:९
२५ कार्तिक, वाग्मती । बाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेशको स्वास्थ्य निर्देशनालय, पशुपक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुखहरुलगायत रहेको जनाइएको छ । समितिको बैठकले बर्डफ्लु नियन्त्रण विधेयक, २०६४ ‘चौथो संशोधन’ लाई आवश्यक संशोधनका लागि पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाउने निर्णय गरेको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष वैद्यले बर्डफ्लुले मानव स्वास्थ्यमा धेरै असर गर्ने हुँदा यसलाई देखापर्ने बित्तिकै नियन्त्रण गरिनुपर्ने बताए । बर्डफ्लुले कुनै पनि बेलामा समस्या पर्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा. रामप्रकाश प्रधानले हालसम्म नेपालमा बर्डफ्लुपीडित किसानहरुका लागि रु २३ करोडभन्दा बढी राहत वितरण गरिसकिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार