मृगका कारण कोदो थन्क्याउन मुस्किल
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १५:५३:२
२७ कार्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण किसान समस्यामा परेका छन् ।
बर्सातको समयमा दुम्सी र बाँदरबाट मकै जोगाउन हम्मेहम्मे भएका यहाँका किसानलाई अहिले भने समूहमा आउने मृगले कोदो खाइदिएर पीडा थपेको स्थानीय मोहनप्रसाद गुरुङले जानकारी दिए ।
पाक्नै लागेको कोदो मृगले खान थालेपछि कतिखेर मृग आउलान् भनेर बारीमा कुर्नु यतिखेर सर्वसाधारणको दैनिकीजस्तै बनेको उनले बताए । बर्सातको समयमा मकै खाएर सताउन थालेपछि बाँदर तथा दुम्सी तर्साउनका लागि नगरपालिकाले प्रत्येक टोलमा एक एकवटा तर्साउने उपकरण पनि प्रदान गरेको छ ।
पछिल्ला वर्षमा गाउँ बस्तीमा खेती गर्ने क्रम घट्दै गएको र बस्ती वरपर नै जङ्गल बढेकाले बाँदर, दुम्सी, मृग आदिको सङ्ख्या बढ्दै गएको छ । भैँसेगौँडा विगतमा राम्रो मकै तथा कोदो उत्पादन हुने क्षेत्र हो ।
तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोड्ने सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेकमा पर्ने यो ठाउँ पर्यटकीयस्थलसमेत भएकाले उत्पादित कृषिजन्य वस्तु यहीँ नै खपत हुने मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक घरवासका अध्यक्ष बालकुमार गुरुङले बताए ।
“हामीले सहस्राब्दी पदमार्गको विकाससँगै यहाँको कृषिजन्य उत्पादनमा पनि जोड दिएका छौँ”, उनले भने, “कृषकलाई उत्पादनतर्फ अभिप्रेरित गर्ने लक्ष्य रहे पनि बाँदर, दुम्सी, मृग आदिको समस्या चुनौतीका रूपमा देखिएको छ ।” वन्यजन्तुबाट हुने गरेको कृषिजन्य उत्पादनको क्षतिलाई दृष्टिगत गरी सरकारले कृषकमैत्री नीति ल्याउनु आवश्यक भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार