कालपोखरीमा सशस्त्र प्रहरीको बीओपी स्थापना
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २०:४२:६
२७ कार्तिक, काठमाडौं । सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर गाउँपालिका–४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा)को दुई तले र पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो ।
बीओपीको उद्घाटनमा प्रदेश नं. १ का सांसद खिनु लाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजङ्ग थापा, भारतीय एसएसबीका बीएन जी कोयलगायत उपस्थिति थियो । पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्न थालिएको छ । केही समयअघि मात्रै छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा पनि बीओपी स्थापना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार