युरोपेली युनियनले लगाएको प्रतिबन्ध हटाउने पहल गर्न चेम्बरको आग्रह
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार १९:३९:५०
२८ कार्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाली वायुसेवालाई युरोपेली युनियनबाट लागेको प्रतिबन्ध हटाउन पहल गर्न वेल्जियमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा चेम्वरका पदाधिकारी बीचको भेटका क्रममा विहिबार भएको छलफलमा चेम्बर पदाधिकारीकारीहरुले सो कुरा राखेका हुन ।
छलफलका क्रममा राजदूत राजभण्डारीले युरोपेली आयोगबाट नेपाली वायुसेवालाई प्रतिबन्ध लगाई कालोसूचीमा राखेकामा सो हटाउन आफुले प्राथमिकता दिने बताए । साथै उनले नेपाल र वेल्जियम बीच पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा योगदान महत्वपूर्ण हुन सक्ने बताए । उनले आफ्नो कार्यकालमा द्धिपक्षीय व्यापार सहजीकरण, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने उल्लेख गरे ।
नेपाल तथा वेल्जियम बीच राज्यस्तरसँगसंगै निजी क्षेत्रहरु बीच समन्वय कायम गरी आर्थिक सम्वन्धलाई सबल एवम सुदृढ बनाउनेतर्फ प्रयास गरिने पनि बताए । यसका लागि नेपाली उत्पादकहरुको उत्पादनको दायरा फराकिलो हुनुपर्ने साथै निकासी हुने बस्तुको गुणस्तर तथा प्याकेजिङमा सुधार गर्नु पर्नेमा राजदुत राजभण्डारीले जोड दिए ।
सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनियुक्त राजदूत राजभण्डारीको कार्यकालको सफलताको कामना गरे । चेम्बरको ७० वर्षको अवधिमा चेम्वरको गतिबिधि बारे प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले चेम्वरले निजी क्षेत्रको बिकासको लागि लागि पर्दै आएको उल्लेख गरे ।अध्यक्ष श्रेष्ठले नेपाल अल्प विकसित मुलुक भएकोले विकशित मुलुकहरुबाट जीएसपी सुबिधा प्राप्त गरि राखेको र एशियाका दुइ बिशाल छिमेकी भारत र चीन बीच अवस्थित भइ दुवै मुलुकबाट नेपालको उत्पादनमा कर महशुलमा छुट प्रदान गरेकोले नेपालमा लगानीको लागि उपयुक्त रहेको औल्याउदै लगानीको लागि पहल गर्न समेत राजदुत राजभण्डारीलाई आग्रह गरे ।
यसका साथै निजी क्षेत्र बीचको सम्वन्धलाई सुदृढ गर्न त्यहाँको चेम्वरहरुसंग नेपाल चेम्वर समझदारी पत्रमा हस्ताक्षर गर्न तत्पर रहेको तथा नेपाली व्यवसायीहरुलाई भिसा सहजीकरणका लागि पहल गर्न अनुरोध गरे । नेपालमा उच्चकोटीका खानीहरु रहेको र वेल्जियमसँग पत्थर कटीङ तथा फिनिसिङ गर्ने उच्च प्रबिधि रहेकाले यसतर्फ प्रबिधि हस्तान्तरणको लागि पहल गर्न र चेम्वरको संजाललाई उपयोग गरी मेला, तथा द्धिपक्षीय व्यवसायी प्रतिनिधि मण्डल आदान प्रदान गरी व्यापार प्रवद्र्धनको लागि पनि पहलकदमी चाल्न आग्रह गरे ।
यसका साथै दुई मुलुक बीच बि टु बी सम्वन्ध बिस्तारको लागि नेपाल चेम्वर अफ कमर्श सहकार्य गर्न तत्पर रहेको बताए । छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल तथा दीपक मलहोत्रा समेतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार