कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक
नेपालबहस संवाददाता
मंसिर १, २०७७ सोमबार १५:२९:३२
१ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ ।
देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२ औँ लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे ।
कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतले पुस्तकालयमा तीन स्रष्टाको शालिक स्थापना भएपछि साहित्यिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
स्मारकको निर्माणको परिकल्पना मन्त्री फुयाँलले गरेका हुन् । यसअघि १०९ औँ लक्ष्मी जयन्तीका अवसरमा नेता फुयाँलसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती र १०१ साहित्यकारले रु एकका दरले चन्दा दान गरेर तीन जना साहित्यकारको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो ।
स्मारकको निर्माण यही वर्ष सम्पन्न भए पनि कोरोना महामारीका कारणले औपचारिक उद्घाटन नगरिएको फुयाँलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार