महानगरको आदेश फेरि पनि अवज्ञा, खुलामञ्चमा निर्वाध रुपमा निःशुल्क भोजन
नेपालबहस संवाददाता
मंसिर २, २०७७ मंगलबार १९:५१:५३
२ मंसिर, काठमाडौं । तिहारपछि खुलामञ्चमा भीडभाड गरेर खाना खान नदिने काठमाडौं महानगरपालिकाको आदेश फेरि पनि अवज्ञा भएको छ । विभिन्न अभियान्ताहरुसँगको छलफलमा यसअघि महानगरले तिहारपछि खुलामञ्चमा निःशुल्क खाना खान नदिने बताएका थिए ।
खाना खुवाउन उचित ठाउँको व्यवस्था गर्न नसकिएपछि खुलामञ्चमा निःशुल्क भोज बाँडिएको हो । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजे पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएपछि पुरानै तरिकाले खाना वितरण गरिएको उनको भनाई छ ।
खाना खान खुलामञ्च आउनेहरुले एक्कासी खाना वितरण रोक्न आफूहरु समस्यामा पर्ने बताए । उनीहरुले कि काम दिनुपर्ने कि खाना दिनुपर्ने धारणा राखे । सडकमा बसेर खाना खान आफूहरुको रहर नभएको पनि उनीहरुले बताए ।
खुलामञ्चमा खाना खुवाउँदा स्वस्थ वातावरण नहुने, संक्रमण फैलिने डर हुने र सहरको सौन्दर्य पनि नहुने भनी काठमाडौं महानगरपालिकाले खाना खुवाउने संस्थाहरुसँग पार्टी प्यालेसजस्तो बन्द ठाउँमा खाना खुवाउन सहमति गरेको थियो । तर विकल्प बिना आदेश मात्रै दिने महानगरका थुप्रै घोषणा घोषणमै सिमित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार