१२ लाख मूल्यको अवैध सामानसहित व्यापारी प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
मंसिर ४, २०७७ शुक्रबार १:१७:२९
धीरुभाइ
४, मंसिर सप्तरी । भारतीय बजारबाट एकैदिन अबैध रुपमा भित्रियाउँदै गरेको करिब १२ लाख मूल्य बराबरको मालसमानसहित एक जना व्यापारीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेको व्यापारीसहित मालसमान आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी बेलहीमा राखिएको छ । जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका ११ स्थित कोशी पश्चिमी तटबन्ध सडक खण्डबाट प्रदेश ०१–०४–०००१ ह ००७३ नम्बरको ओटो (रिक्सा)लाई अबैध मालसमानसहित पक्राउ गरी कारबाही गरिएको प्रहरी नायब उपरीक्षक भूवनेश्वरप्रसाद साहले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुधबार टेम्पो र मालसमानसहित टेम्पो चालक हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २० को सेवाज खंग र महोत्तरी जिल्ला गौशाला नगरपालिका–२ बस्ने बर्ष ३६ को सामान धनी (साहुं) सन्तोषकुमार साहलाई पक्राउ गरिएको उनले बताए ।
प्रहरीले समान धनी र टेम्पो चालकलाई आवश्यक कारबाहीको लागि राजविराज भंसार कार्यालय बेलही (तिलाठी)लाई बुझाइएको छ । टेम्पोसहित समानको अन्दाजी मूल्य तीन लाख आठ हजार ६८० रुपियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रनाउ साहले जानकारी दिए ।
त्यसैगरी हनुमाननगर कंकालीनी नगरपालिकाकै वडा नम्बर १४ स्थित सप्तकोशी नदीमा डुङ्गामा भारतबाट अबैध रुपमा भंसार छलेर चुराका सेटहरु ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । करिब नौ लाख मूल्य बराबरको चुरा सेटहरु बरामद पश्चात आवश्यक कारवाहीका लागि भन्सारमा बुझाइएको प्रनाउ साहले बताए ।
सप्तकोसी नदीमा डुङ्गाबाट प्रहरीले आठ लाख ९३ हजार मूल्य बराबरको सप्तरंगी कागज, झल्री कागज ३२ बण्डल, ¥यापिङ पेपर पाँच बण्डल, खम्बा फुल (रु. एक लाख), बाला चुरा सेट, बाला सेट चुरा १७२ दर्जन (रु. पाँच लाख ) र एक थान डुङ्गा (डेढ लाख) पक्राउ गरी भन्सारमा बुझाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करीको लाइन मिलाउने थुप्तेनलाई थुनामा राख्न सर्वोच्चको आदेश
असोज १२, २०८१ शनिबार
भैरहवा भन्सारले समात्यो ट्रकसहित २१० बोरा चिनी
भदौ १३, २०८१ बिहिबार
मुला लोड भएको ट्रकमा १४ सय २० किलो गाँजा भेटियो
भदौ ६, २०८१ बिहिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार