पाटन दरबारमा दैनिक पर्यटकको चहलपहल बढ्यो
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १५:५२:१७
ललितपुर, ७ मंसिर । पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन दरबार प्राङ्गणमा मानिसको आवागमन शून्य नै भएको थियो ।
“कोभिड त्रासका कारण लामो समय घरभित्र बस्न बाध्य भइयो । भौतिक दूरी कायम गरेर यसो केहीबेर पाटन दरबार क्षेत्र डुल्न निस्किएका हौँ”, सरिता मैनाली र उनका साथीको भनाइ थियो । महामारीको समयमा दैनिक कार्यालय र घर गर्दा वाक्क भएर केही समय मन बहलाउन कृष्ण मन्दिरको काखमा आएको राकेश पुरीले बताए । मंसिर महिनाको चिसो बढेसँगै एकदेखि दुई घण्टा घाम ताप्न पाटन डबलीमा भित्रिएको पाटन सङ्ग्रहालय वरपर टोलमा बस्ने केही वृद्ध जमातको धारणा थियो ।
मुलुकमा कोरोना संक्रमण फैलनुअघि पाटन दरबारचोकमा दैनिक थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो । मङ्सिर महिना लागेसँगै पाटनमा घाम ताप्ने, घुम्ने, तस्बिर खिच्ने, गफ गर्ने र चराचुरुङ्गीलाई अन्न दिने मानिसको आवागमनसमेत बढेको देखिन्छ ।
पाटन दरबार क्षेत्र मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले भरिएको एक महत्वपूर्ण स्थल हो । मङ्गलबजारमा रहेको पाटन दरबार सङ्ग्रहालय भने मुलुकमा कोरोना भित्रिएसँगै नौ महिनादेखि हालसम्म बन्द रहेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ ।
पाटनको महत्वपूर्ण अङ्ग भनेकै तलेजु भवानी मन्दिर, देगुतले मन्दिर, सुन्दरी, केशवनारायण र मूलचोक, तुसाहिटी धारा, कृष्ण र भीमसेन मन्दिर आदि रहेका छन् । विश्व कला परिषद्ले पाटन क्षेत्रलाई विश्वको ३५औँ कला नगरी शहर घोषणा गरिसकेको छ ।
पाटनका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री विश्वका मुलुकभर बिक्री वितरण हुने गर्छन् । काठमाडौँ उपत्यकाका अन्य शहरभन्दा पहिला पाटनमा बौद्धधर्मको शुरुआत भएको कुरा पाटनवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार