मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १६:५:५६
७ मंसिर, पर्वत। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि शुरु भएको थियो ।
पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ । गएको भदौ महिनामा निर्माणकार्यको म्याद सकिएको भए पनि निर्माण व्यवसायीहरुलाई कोभिडका कारण थप छ महिना स्वतः म्याद थपिएपछि निर्माण पनि तीव्रगतिमा अघि बढेको हो । पर्वत खण्डमा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । उनका अनुसार अहिले निर्माणको गति तीव्र छ । “यही अनुसार काम भएमा आगामी असारभित्र सबै काम सम्पन्न हुने देखिएको छ ।”
लकडाउनलगायतका कारणले छ महिनाभन्दा बढी रोकिएको काम तीव्ररूपमा अघि बढेको निर्माण कम्पनी लामा कन्स्ट्रक्शनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए । उनका अनुसार केही भागमा कालोपत्रसमेत भइसकेको छ ।
निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारबाट मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिका लागि कम्पनीले रु ८३ करोड ९८ लाखमा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटरमध्ये स्ट्रक्चरको काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढुङ्गाबाट नयाँपुलसम्म करिब पाँच किलोमिटर कालोपत्र भइसके पनि वर्षायाममा ठाउँठाउँमा पहिरो गएकाले पुनः कालोपत्र गर्नुपर्ने अवस्था भएको छ ।
अहिले बाँकी रहेको स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाका कारण बिग्रेको खण्डलाई तयारी गराउने काम शुरु भएको कम्पनीले जनाएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मरासिनीले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधनसमेत परिचालित भएकाले असारसम्ममा नै काम सकिने विश्वास व्यक्त गरे । कोभिडपछि निर्माण व्यवसायीले असारसम्मको म्याद मागेका कारण पनि समयमै कालोपत्रको काम सक्ने उनको विश्वास छ । “अब व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति र स्रोत साधनसहित काम अघि बढेको छ”, उनले भने, “अब राम्रोसँग काम अघि बढ्छ, तोकिएकै समयमा काम पूरा हुन्छ ।”
यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकास तथा पूर्वाधारविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका सहसचिवद्वय डा वासुदेव शर्मा र किशोर जोशीलगायतको टोलीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्की, पर्वत र बागलुङ खण्डको अनुगमन तथा निरीक्षण गरेर फर्किएको छ । टोलीले पनि निर्माणको गति देखेर सन्तोष व्यक्त गरेको कार्यालय प्रमुख मरासिनीले जानकारी दिए । निर्माणका क्रममा स्थानीयस्तरमा उत्पन्न समस्या र समाधानको उपायबारे अध्ययन गर्न र हालसम्मको कामको प्रगति विवरण बुझ्न टोली आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार