शाओमी नेपालको स्मार्टफोन बजारमा दोस्रो, पटक फेरि पहिलो स्थानमा
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार २१:५:१२
७ मंसिर, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ ।
हाल युनिट शिपमेन्टमा आधारित ३४.१५ बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ । शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा प्रसन्न छौं ।
हामी मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका लागि आभारी छौं र यसले हामीलाई सबैको लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको छ । हाम्रा उत्पादनहरू, व्यवसायिक मोडल र पूर्वाधारहरूमा निरन्तर नवीनता मार्फत हाम्रा प्रयोगकर्ताहरूको निरन्तर विश्वास जित्ने र प्रशंसा प्राप्त गर्ने हाम्रो प्रतिबद्धतातिर काम गर्न जारी राख्नेछौं ।”
ब्राण्डले विभिन्न मुल्य बिन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु — रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उल्लेखनीय वृद्धि देखेको छ । शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसंग काम गरिरहेकी छ जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पु¥याइरहेको छ ।
अफलाइन विस्तारले समग्र वृद्धिमा अहम भूमिका निर्वाह गरेको छ जहाँ शाओमीले देशभर १६००ं भन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र ३५० भन्दा बढि मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ । कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्कको पकड बनाएको छ ।
उनीहरूले आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्री पछिको सेवा मजबुद बनाउनका साथै नेपालमा ग्राहकका आवश्यकताहरू पूरा गर्न समर्पित वेयरहाउस मार्फत बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार