लागुऔषध मुद्दामा भारतीय हास्यकलाकार भारती सिंहको जोडी पक्राउ
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार २१:५:३५
७ मंसिर, काठमाडौं । लागुऔषध मुद्दामा भारतीय हास्यकलाकार जोडी पक्राउ परेका छन् । हास्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको भोलिपल्ट उनका श्रीमान् हर्ष लिम्बाचिया पनि पक्राउ परेका बिबिसीले जनाएको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँजा सेवन गरेको स्विकार गरेका छन् ।
भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा रहेको घरमा एनसीबीले छापा मारेको थियो ।
नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउड कलाकार एनसीबीको निशानामा परेका छन् । यसअघि नायक अर्जुन रामपाल पनि ड्रग्स सेवनको आरोपमा एनसीबीको कार्यलयमा बयानका लागि पुगेका थिए ।
भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो एनसीबीका जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान् हर्षलाई आइतवार गिरफ्तार गरिएको हो । उनीहरूको घरबाट लागुऔषध गाँजा बरामद गरिएको छ ।
यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई गिरफ्तार गरेका थिए। एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्माथि गाँजा राखेको विषयमा आरोप छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
भदौ ३१, २०८१ सोमबार
थलापति विजयको अन्तिम फिल्मको घोषणा
भदौ ३०, २०८१ आइतबार
हलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
भदौ २६, २०८१ बुधबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार